अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह | Khabarhub Khabarhub

अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहले नेपाली सिनेमा क्षेत्रमा चाहिनेभन्दा बढी नचाहिने विषयमा बहस भइरहेको बताएका छन् । चलचित्र क्षेत्रमा लामो समय बिताएका शाहले नेपालमा फिल्मभन्दा बढी फिल्मका कार्यक्रम हुने बताएका हुन् ।

चलचित्र क्षेत्रका बारेमा धेरै वर्षदेखि बहस गर्दै आइरहेको बताउँदै उनले नेपालमा पछिल्लो समय अवार्डका कार्यक्रम धेरै भएको बताए ।

‘नेपालमा उदेकलाग्दो कुरा के भयो भने नेपालमा फिल्मभन्दा बढी फिल्मसम्बन्धी कार्यक्रम हुन थाले, अवार्डका कार्यक्रम पनि यति धेरै हुन थाले कि अवार्ड लिन जाने मान्छेलाई समय, मिति स्थान र समारोहलाई नै बिर्सन थाले ।’

उनले चलचित्र क्षेत्रलाई माथि पु¥याउन गरी केही प्राज्ञिक गतिविधिहरु पनि भए पनि धेरै महत्त्व दिनु नपर्ने विषय माथि आइरहेको बताए ।

‘केही कार्यक्रम माग गर्नेभन्दा पनि बढी चासो दिएर महत्त्व दिइएको छ,’ उनले भने, ‘जसरी केही विषयहरु छन्, जो दबिन नपर्ने विषय हुन्, ती विषयले खासै चासो पाएका छैनन् ।’

नेपालमा चलचित्र क्षेत्रका प्राज्ञिक विषयमा पनि बहस हुनुपर्ने उनको धारणा थियो ।

पछिल्लो समय फिल्मसम्बन्धी कार्यक्रम धेरै हुने गरे पनि फिल्म क्षेत्रमा बहस नै ल्याउने गरी कार्यक्रमहरु भने निकै कम हुने गरेका छन् ।

त्यस्ता कार्यक्रममा फिल्मकर्मीको पनि खासै चासो रहने गरेको छैन ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ५३ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक