गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी | Khabarhub Khabarhub

गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठले दिएको जाहेरीका विषयमा अनुसन्धान गर्न गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले खबरहबलाई जानकारी दिए ।

गायिका राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाइ सकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले राउतको खोजी शुरु गरेको छ ।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएसँगै विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : ०४ बजे

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै

‘कुलिङ पिरियड’ हटाउन चोर बाटोबाट बदमासी, राजीनामा दिन सभापति खतिवडालाई दबाब

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा विवादमा

यस्तो बन्दैछ ऐतिहासिक खुल्लामञ्च (तस्बिरहरू)

काठमाडौं– नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐनिहासिक खुल्लामञ्च अहिले दूबोले

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध

नेपालगञ्ज– राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको

अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

गलकोट– तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आएकी जिल्लाको