प्रदेश नं ५ को हिउँदे अधिवेशन शुरु, राजधानी र नाम टुंग्याउने विश्वास « Khabarhub

प्रदेश नं ५ को हिउँदे अधिवेशन शुरु, राजधानी र नाम टुंग्याउने विश्वास


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ ।

सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर स्थायी राजधानी र नामकरणको विषय टुङ्गोमा पुग्ने उल्लेख गरे ।

उनले विगतमा प्रदेशसभामा भएका अनेकौं विषय छलफलबाट नै समाधान भएको स्मरण गर्दै प्रदेशसभामा देखिने जुनसुकै विषय पनि छलफलबाट टुङ्गो लाग्ने विश्वास लिएको बताए ।

विपक्षी दल नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले जनमतको कदर गर्नका लागि पनि हिउँदे अधिवेशनले स्थायी राजधानी र नामकरणको विषय टुङ्गो लगाउने विश्वास व्यक्त गरिन् ।

उक्त अधिवेशनमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डे, फकरुद्दिन खाँन, दीपेश थारु र तारा जिसीले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । अधिवेशनमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए ।

त्यस्तै चौथो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइआएको प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी पत्र समेत सभामुख घर्तीले पढेर सुनाएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : १७ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,