धुलिखेलदेखि हेटौँडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश र स्थानीय तहबीच छलफल « Khabarhub

धुलिखेलदेखि हेटौँडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश र स्थानीय तहबीच छलफल


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंदेखि धुलिखेल र हेटौंडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाबीच छलफल भएको छ ।

व्यवस्थापनका क्षेत्रमा उब्जिएका समस्याहरुको दिगो समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले प्रदेश ३ का मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशकै राजधानी काठमाडौका समस्यालाई प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने विषयमा आइतवार प्रदेश नम्बर ३ को कार्यलय हेटौंडामा छलफल भएको हो ।

‘विद्युतीय सवारी साधन तथा सरसफाइ उपकरण खरिद तथा सहजीकरण समिति’का बारेमा छलफल भएको छ । उक्त छलफलमा मुख्यमन्त्री डोरमणी पौडल, काठमाडौं–ललितपुर र भरतपुर महानगरका मेयरहरु र प्रदेशका सांसद दीपक निरौला लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा प्रदेश नम्बर ३ मा चुनौतीको विषय बनेको फोहोरमैला व्यवस्थापन र विपद् व्यवस्थापनका क्षेत्रमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा बहस भएको थियो ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले सबैभन्दा पहिला बञ्चरेडाँडा ल्याण्डफिल्डलाई सम्पन्न गर्नेगरि अघि बढ्ने बताउँदै महानगर विद्युतीय सवारी सञ्चालनमा सकारात्मक रहेको भन्दै प्रदेश सरकारले निर्माण कम्पनी, यातायात निगम बनाउने तयारीमा लागेकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी छलफलमा शाक्यले तीन ओटा दमकल खरिदका लागि रकम छुट्याई सकेको समेत बताए । मेयरका भनाइमा मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ कामको थालनीमा चुनौति आउने भन्दै सामना गरेर अघि बढ्ने सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : २१ बजे

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने

गायक रामकृष्णको फिल्म ‘मालती मंगले’को गीत ‘झ्याम पारम’ सार्वजनिक

काठमाडौं – वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती

चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध

पर्सा – सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर

पहलगाम आक्रमणको एक वर्ष : बढ्दो सुरक्षा चुनौतीबीच सुस्ताएको दक्षिण एसिया

काठमाडौं- सन् २०२५ अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको

युद्धविराम लम्बिँदैन : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम नलम्बिने प्रष्ट पारेका