धुलिखेलदेखि हेटौँडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश र स्थानीय तहबीच छलफल | Khabarhub Khabarhub

धुलिखेलदेखि हेटौँडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश र स्थानीय तहबीच छलफल


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंदेखि धुलिखेल र हेटौंडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाबीच छलफल भएको छ ।

व्यवस्थापनका क्षेत्रमा उब्जिएका समस्याहरुको दिगो समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले प्रदेश ३ का मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशकै राजधानी काठमाडौका समस्यालाई प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने विषयमा आइतवार प्रदेश नम्बर ३ को कार्यलय हेटौंडामा छलफल भएको हो ।

‘विद्युतीय सवारी साधन तथा सरसफाइ उपकरण खरिद तथा सहजीकरण समिति’का बारेमा छलफल भएको छ । उक्त छलफलमा मुख्यमन्त्री डोरमणी पौडल, काठमाडौं–ललितपुर र भरतपुर महानगरका मेयरहरु र प्रदेशका सांसद दीपक निरौला लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा प्रदेश नम्बर ३ मा चुनौतीको विषय बनेको फोहोरमैला व्यवस्थापन र विपद् व्यवस्थापनका क्षेत्रमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा बहस भएको थियो ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले सबैभन्दा पहिला बञ्चरेडाँडा ल्याण्डफिल्डलाई सम्पन्न गर्नेगरि अघि बढ्ने बताउँदै महानगर विद्युतीय सवारी सञ्चालनमा सकारात्मक रहेको भन्दै प्रदेश सरकारले निर्माण कम्पनी, यातायात निगम बनाउने तयारीमा लागेकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी छलफलमा शाक्यले तीन ओटा दमकल खरिदका लागि रकम छुट्याई सकेको समेत बताए । मेयरका भनाइमा मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ कामको थालनीमा चुनौति आउने भन्दै सामना गरेर अघि बढ्ने सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : २१ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज