राष्ट्रिय महिला लिग फुटबल चैतबाट, दोस्रो चरणको छनोट रौतहटमा « Khabarhub

राष्ट्रिय महिला लिग फुटबल चैतबाट, दोस्रो चरणको छनोट रौतहटमा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि अन्योल रहेको राष्ट्रिय महिला लिग फुटबल आगामी चैतबाट शुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन चरणमा सम्पन्न गर्ने गरि महिला लिगको तयारी थालेको जानकारी दिएको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार महिला लिगमा पहिलो चरणका खेल चैत १० देखि २६ सम्म हुनेछन् भने दोस्रो चरणका खेल २०७७ बैशाख १४ गतेदेखि ३० गतेसम्म हुने र फाइनल चरणका खेल जेठ २५ गतेदेखि असार १३ सम्म हुनेछन् ।

महिला लिगको अन्तिम छनोटका रुपमा अन्तर नगरपालिका उपमेयर कपको दोस्रो चरण रौतहटमा आयोजना गर्ने पनि टुङ्गो लागेको छ । जेठ २९ देखि असार १२ गतेसम्म काठमाडौंमा भएको उपमेयर कप महिला फुटबल प्रतियोगिताका शीर्ष ८ टोली रौतहटमा हुने दोस्रो चरणको छनोट खेल्नेछन् ।

काठमाडौंमा भएको उपमेयर कपमा १८ नगरपालिकाका टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता रौतहटमा माघ १० गते सुरु भएर १८ गतेसम्म चल्ने एन्फा प्रवक्ता किरण राईले जनाएका छन् ।

काठमाडौंमा भएको उपमेयर कपबाट छनोट भएको वालिङ नगरपालिका स्याङ्जा, बासगढी नगरपालिका बर्दिया, बाह्बीसे नगरपालिका सिन्धुपाल्चोक, चौदण्डीगढ नगरपालिका उदयपुर छन् । यस्तै, विदुर नगरपालिका नुवाकोट, विराटनगर महानगरपालिका मोरङ र विरेन्द्रनगर नगरपालिका सुर्खेत रहेका छन् ।

रौतहटमा हुने प्रतियोगिताका ८ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता संचालन हुनेभएको छ । उक्त दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेता दुई टोलीले फाइनल पुग्नेछन् ।

उपमेयरकप राष्ट्रिय महिला लिगको दोस्रो चरणमा सेमिफाइनल पुग्ने ४ टोली र विभागीय तीन टोली नेपाल पुसलिस क्लब, नेपाली सेनाको आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला लिग खेल्नेछन् ।

डबल राउण्ड रोविनका आधारमा हुने महिला लिग कहाँ हुने भन्ने एकिन भइसकेको छैन । महिला लिगको विजेता टोलीले के कति पुरस्कार पाउने पनि  टुंगो नलागेको प्रवक्ता राईले जानकारी दिए ।

प्रवक्ता राइले भने, ‘ अब बस्ने एन्फा कार्यसमिति बैठकले पुरस्कारको टुंगो लगाउने छ ।’

 

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : ३४ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने