झापामा तीन सातादेखि १० रुपैयाँमै खाना « Khabarhub

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् ।

मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन सातादेखि दैनिक ५०० जनालाई खाना खुवाउँदै आएका हुन् । विर्तामोडको मुख्यचोकमा बिहान ७ बजेदेखि अपराह्न १२ बजेसम्म दैनिक दाल, भात, तरकारी र अचारसहितको खाना सेट उपलब्ध गराउँदै आएको युवा व्यवसायी प्रविनले बताए ।

उनले भने, “चिसो मौसममा कतिपय घरमा खान नभएर भोकै काममा हिँड्नु पर्ने हुन्छ अनि कतिपय सडक बालबालिका खानाको खोजीमा चिसोमा भौँतिरिरहेका हुन्छन्, उनीहरुलाई सहजताका लागि हामी तीन जनाले १० रुपैयाँमै खाना दिन शुरु गरेका हौँ ।”

सित्तैमा खाना खान पाइने भएपछि अहिले मजदूरलाई धेरै सहज भएको उनले बताए । उनले भने , “ १० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन्, हामी कसैसँग पनि पैसा माग्दैनौँ, सहयोगका लागि टोकरी राखिदिएका छौँ, इच्छा हुनेले त्यही टोकरीमा पैसा राखिदिनुन्छ ।”

सामाजिक कामका लागि तीन युवाले देखाएको आँट अहिले झापावासीका लागि उदाहरणीय बनेको छ । बिहानको चिसोमा तीन युवा आफैँ खानाको तयारीमा जुट्छन्। उनीहरुसँगै अरु तीन जना कालीगढ पनि बिहानै काममा व्यस्त हुन्छन् । बिहानै छ सात जनाको समूहले तयार गरेको खाना वितरणका लागि दुई महिलाले सधैँ सहयोग गर्दै आएका छन ।

बिहान ७ बजेबाट खाना वितरण शुरु हुन्छ । दश बजेसम्म खाना खानेको चोकमा भीडभाड हुन्छ । “रु १० मा खाना वितरण गर्नेभन्दा शुरुमा कसैले पत्याएका थिएनन्”, पुरुषोत्तमले भने, “विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, प्रदेश नं १ का उद्योग वाणिज्य सङ्घका सदस्य बलराम कार्कीको उपस्थितिमा हामीले खाना वितरणको कार्यक्रम शुरु गर्दा सबैले हाँसो मजाकमा उडाए, तर अहिले तीन सातादेखि निरन्तर निःशुल्क खाना प्रदान गर्दै आएपछि सहयोग जुट्न थालेको छ ।”

विर्तामोडमा १० रुपैयाँमा खाना दिन शुरु गरेपछि दमक र भद्रपुरमा पनि केही युवाले यस्तै कामको शुरुआत गरेका छन् । झापाका तीन ठाउँमा १० रुपैयाँमै खाना खान पाइने भएपछि विपन्न समुदाय, मजदूर, सडक बालबालिका र असहायका लागि सहज भएको छ ।

“रमाइलोका लागि वनभोज जानुभन्दा विपन्न वर्गलाई खाना दिएर पेट भर्नु पुण्यको काम हो”, मनोजले भने , “अहिले दैनिक कम्तीमा ५०० जनाले चिसो मौसममा तातो भात खाइरहेका छन्, जसले गर्दा उहाँहरुलाई काममा जान सहज भएको हामीले महशुस गरेका छौँ ।”

दिनहुँ महङ्गी बढिरहेका बेला दैनिक ५०० को हाराहारीलाई तीन युवाले तीन सातादेखि खाना खुवाउने काम गरेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला, चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुडाल जिल्लाका सरकारी निकायका उच्च अधिकारी सामाजिक सङ्घसंस्था, उद्योगी व्यवसायीले अनुगमन गर्दै प्रशंसा व्यक्त गरेका छन् । कतिपय सहयोगीले सो कार्यको प्रशंसा गर्दै सहयोग गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : ३१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको