हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार « Khabarhub

हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।

जिल्लाको थलारा गाउँपालिका वडा नं ८ की २३ वर्षीया सरिता सिंहको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी भएकी सरिताको अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाका अनुसार सिंहको पेट फुल्ने समस्या भएपछि तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको हो ।

सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएको उनले बताए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : १५ बजे

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको