हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार | Khabarhub Khabarhub

हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।

जिल्लाको थलारा गाउँपालिका वडा नं ८ की २३ वर्षीया सरिता सिंहको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी भएकी सरिताको अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाका अनुसार सिंहको पेट फुल्ने समस्या भएपछि तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको हो ।

सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएको उनले बताए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : १५ बजे

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई लगायाे प्रतिबन्ध 

काठमाडौं– इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन