के हो 'ब्रेन हेम्रेज', कसरी बच्ने ? | Khabarhub Khabarhub

के हो ‘ब्रेन हेम्रेज’, कसरी बच्ने ?


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ब्रेन हेम्रेज आर्थत मस्तिष्कघात आजभोलि निकै ठूलो समस्याको रुपमा देखा परेको छ । मस्तिष्कघातको उपचार निकै जोखिमपूर्ण र खर्चिलो छ ।

यो समस्या ५० बर्ष भन्दा कम उमेरका व्यक्तिमा अधिक देखिएको छ । तर ब्रेन हेम्रेजको जोखिममा सबै व्यक्तिहरु रहेको जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे (समिर) बताउँछन् ।

डा समिरका अनुसार ब्रेन हेम्रेजबाट बच्न रक्तचाप, कोलेस्टेरोल र मधुमेह नियन्त्रणमा राख्न नियमित जाँच गर्नुपर्छ ।

ब्रेन हेम्रेजबाट बच्न यस्तो गर्नुस्

– नियमित रक्तचाप परिक्षण गर्ने तथा औषधि सेवन गरेर नियन्त्रणमा राख्ने,

– समय / समयमा कोलेस्टेरोल परिक्षण गरी नियन्त्रणमा राख्ने,

– मधुमेह भएमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने,

– चुरोटको सेवन नगर्ने,

– गाडीमा सिटबेल्ट, बाइक / स्कुटी/ साइकल चलाउँदा / पछाडि बस्दा बलियो हेल्मेट लगाएर टाउकोको रक्षा गर्ने,

– मदिरा सेवन नगर्ने,

– क्याफिनको मात्रा धेरै हुने सोडा, कोल्ड ड्रिंक्सको सेवन सकभर नगर्ने,

– रिस, आवेग, कुण्ठा, इर्श्या, अस्वस्थ्य प्रतिस्पर्धा, अधिक महत्वाकांक्षा, नकारात्मक सोंच, अधिक संबेदनशिलता त्यागेर ‘ सहज जीवन बिताउने,

– एकोहोरो रुपमा लामो समय मस्तिष्कलाई भार दिने काम नगर्ने । मानसिक, शारीरिक, आध्यात्मिक, सामाजिक, पारिवारिक एबम व्यक्तिगत जीवनलाई पनि प्राथमिकता दिने,

– सधै मेसिनले झैं काम नगर्ने । आहार, निद्रा, आराम, घुमफिर, नाचगान, ब्यायाम, योग, ध्यान आदि गरेर जीवनलाई सरल बनाउने,

– प्राकृतिक आहारविहार र स्वस्थ जीवनशैली अपनाउने,

– गाँजा लगायत ड्रगको सेवन नगर्ने,

– आफ्नो तौल सन्तुलनमा राख्ने,

– योग, ध्यान, प्राणायाम आदिबाट अक्सिजनको मात्रा बढाउने,

– आकस्मिक दुखद समाचार वा बियोगान्तक अवस्थामा आफुलाई नियन्त्रण गर्न सक्ने बनाउन ध्यानको अभ्यास गर्ने,

– जथाभावी औषधिको सेवन नगर्ने,

– मस्तिष्कमा ट्युमर भए / नभएको आवश्यकता अनुसार परिक्षण गर्ने र भएमा उपचार गर्ने,

– हाच्छ्यु गर्दा बिस्तारै गर्ने,

– कब्जियत भएमा धेरै बल प्रयोग नगर्ने,

– क्षमताभन्दा धेरै ब्यायाम नगर्ने,

– उत्तेजक औषधिको सेवन गरेर सम्पर्क नगर्ने,

– जीवनशैली जटिल, अव्यवहारिक, तनाव हुने प्रकृतिको नबनाउने ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : १८ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई