रुसी राष्ट्रपति पुटिनका प्रमुख रणनीतिकार बर्खास्त « Khabarhub

रुसी राष्ट्रपति पुटिनका प्रमुख रणनीतिकार बर्खास्त


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मानिने एक रणनीतिकारलाई भ्लादिस्लाफ सुर्कोफलाई बर्खास्त गरेका छन्।

राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पुटिनको मस्तिष्क अर्थात पछाडिको शक्तिका रूपमा समेत चित्रित गरिन्थ्यो।

पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा चिनिएका सुर्कोफलाई किन पदच्यूत गरियो भन्नेबारे केही पनि खुलाइएको छैन। सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई पनि हेरेका थिए .

पछि त्यससम्बन्धी केही जिम्मेवारीबाट उनलाई मुक्त गरिएको थियो। पुटिनका अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई यसै महिनाको शुरूतिर युक्रेनी मामिला हेर्ने जिम्मेवारी दिइएको थियो।

रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सुर्कोफलाई नयाँ जिम्मेवारी दिइने वा नदिइनेबारे स्पष्ट नपारेको बीबीसीले जनाएको छ ।

क्रेम्लिन प्रशासनका प्रथम उपप्रमुखका रूपमा सुर्कोफले संसद्‌मा राजनीतिक दलहरूलाई र चुनावी अभियानहरूलाई हेरेका थिए । यसैकारण पनि पुटिनले चुनाव जीतेको बताइन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : ३२ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग