रुसी राष्ट्रपति पुटिनका प्रमुख रणनीतिकार बर्खास्त « Khabarhub

रुसी राष्ट्रपति पुटिनका प्रमुख रणनीतिकार बर्खास्त


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मानिने एक रणनीतिकारलाई भ्लादिस्लाफ सुर्कोफलाई बर्खास्त गरेका छन्।

राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पुटिनको मस्तिष्क अर्थात पछाडिको शक्तिका रूपमा समेत चित्रित गरिन्थ्यो।

पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा चिनिएका सुर्कोफलाई किन पदच्यूत गरियो भन्नेबारे केही पनि खुलाइएको छैन। सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई पनि हेरेका थिए .

पछि त्यससम्बन्धी केही जिम्मेवारीबाट उनलाई मुक्त गरिएको थियो। पुटिनका अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई यसै महिनाको शुरूतिर युक्रेनी मामिला हेर्ने जिम्मेवारी दिइएको थियो।

रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सुर्कोफलाई नयाँ जिम्मेवारी दिइने वा नदिइनेबारे स्पष्ट नपारेको बीबीसीले जनाएको छ ।

क्रेम्लिन प्रशासनका प्रथम उपप्रमुखका रूपमा सुर्कोफले संसद्‌मा राजनीतिक दलहरूलाई र चुनावी अभियानहरूलाई हेरेका थिए । यसैकारण पनि पुटिनले चुनाव जीतेको बताइन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना