‘लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्न प्रजातन्त्र दिवस प्रेरणा दिन्छ’ « Khabarhub

‘लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्न प्रजातन्त्र दिवस प्रेरणा दिन्छ’


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सबै नागरिकले अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्ने प्रजातन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधासभामार्फत जारी संविधानले प्रदत्त गरेका मौलिक हक तथा अन्य व्यवस्थाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येय पूरा हुने विश्वास व्यक्त गरे ।

उनले प्रजातन्त्र प्राप्तिका लागि निरंकुश र जहानियाँ राणा शासनविरुद्ध गरेको सङ्घर्ष र सफलताको सात दशक पूरा भएको अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जीवन आहुती गर्ने शहदिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘घाइते, अपाङ्ग र तत्कालीन राज्यबाट पीडा भोग्न बाध्य सम्पूर्ण नागरिकको उच्च बलिदानी भावनाको स्मरण गर्दछु’, सभामुखद्वारा जारी सन्देशमा भनिएको छ ।

सभामुख सापकोटाले शहिदको बलिदान, उच्च साहस र परिवर्तनको तीव्र इच्छाका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक अवस्थामा आइपुगेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : ३७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर