खोकी लाग्दा खानुस् यी खानेकुरा | Khabarhub Khabarhub

खोकी लाग्दा खानुस् यी खानेकुरा


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सामान्य खोकी लाग्ने समस्य सबैमा कुनै न कुनै बेला भएको हुनसक्छ । गर्मी वा जाडो जुनसुकै समयमा पनि खोकी लाग्छ सक्छ । खोकी लाग्नुको पनि विभिन्न कारणहरु हुन्छन् ।

खोकी लाग्नुको कारण सामान्य चिसो वा मौसमी रुघाखोकीको समस्या पनि हुनसक्छ । खोकी लाग्नुको अर्थ गम्भिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले खोकी लागिरहने वा केही दिनमा पनि निको नभएमा चिकित्सकको सल्लाह लिनुपर्छ । तर समान्य खोकी लाग्ने समस्यालाई भने हामीले आफ्नो जीवनशैली परिवर्तन गरेमा आफै पनि निको हुन्छ ।

जीवनशैली परिवर्तन भन्नुको अर्थ खोकी लागेको समयमा कस्तो कुरा खाने र कस्तो कुरा नखाने भनेर ध्यान दिन जरुरी हुन्छ । खोकी लागेको समयमा जे मन लाग्यो त्यही खाएमा खोकीको समस्या झनै बढ्न सक्छ । त्यसैले आज हामी तपाईलाई खोकी लागेको समयमा कस्ता खानेकुरा खानु हुँदैन भनेर जानकारी दिँदैछौं ।

खोकी लाग्दा नखानुस् यी खानेकुरा

कफी तथा चिया

खोकी लाग्दा कफी र दुधको चिया खानु हुँदैन । कफी र दुध मिसाइएको चियाले घाटीलाई सुख्खा बनाउने छ । यस्तै खानेकुरा निल्दा समेत गाह्रो हुन्छ जसले गर्दा खोकीको समस्या झनै बढ्न सक्छ ।

जंक फुड

जंक फुडले हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । त्यसैले खोकी लागेको समयमा जंक फुड खादा खोकीको समस्या झनै बढ्छ ।

तारिएका खानेकुरा

खोकी लाग्दा तारिएका खानेकुरा नखानु उपयुक्त हुन्छ ।तारिएका खानेकुरामा हुने तेल अर्थात चिल्लोले खोकी लाग्ने समस्या झनै बढ्छ ।
तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रिय बनाउँछ ।

चिसो पदार्थ

आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ ।

मदिरा

मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।

खोकी निको पार्न के गर्ने ?

–मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ,

–सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ,

–सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ३४ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न