भारतले राम्रो व्यवहार गरेन, मोदी चाहिँ मनपर्छ : ट्रम्प « Khabarhub

भारतले राम्रो व्यवहार गरेन, मोदी चाहिँ मनपर्छ : ट्रम्प


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले आफूसँग राम्रो व्यवहार नगरेको बताएका छन् ।

क्यालिफोनियाका लागि उड्नुअघि पत्रकारहरुसँग ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भारतले आफूसँग राम्रो व्यवहार नगरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने आफूलाई मनपर्ने जनाएका छन् ।

राष्ट्रपति ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन् । यस भ्रमणका बेला अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता हुनसक्ने आँकलन गरिएपनि ट्रम्पले त्यसको सम्भावना तत्काल नरहेको स्पष्ट पारेका छन् ।

‘भारसँग हाम्रो व्यापार सम्झौता हुनसक्छ तर त्यो पछिको कुरा हो ।’ ट्रम्पले भने, ‘हामी भारतसँग धेरै ठूलो व्यापार सम्झौता चाहन्छौं, तर चुनावअघि व्यापार सम्झौता होला नहोला भन्ने मलाई थाहा छैन ।’ अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतीय चुनाव हुँदैछ ।

‘भारतले राम्रो व्यवहार गरेको छैन तर मलाई प्रधानमन्त्री मोदी धेरै नै मन पर्छ’ ट्रम्पको भनाइ छ ।

यसअघि गतवर्षमात्र अमेरिकाले विकसोन्मुख मुलुकहरुलाई दिँदै आएको व्यापारिक सहायता कार्यक्रमबाट भारतलाई अलग गरेको थियो । ट्रम्प र मोदीको भेटवार्ताका क्रममा दुई मुलुकबीच नयाँ व्यापारिक सम्झौता हुनसक्ने बताइएपनि अन्तिम समयमा आएर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरले भारत भ्रमण रद्द गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : १४ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा