अब्दुल्लाहले अस्वीकार गरे राष्ट्रपतीय निर्वाचनको नतिजा « Khabarhub

अब्दुल्लाहले अस्वीकार गरे राष्ट्रपतीय निर्वाचनको नतिजा


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको निर्वाचन आयोगले गत सेप्टेम्बर महिनामा भएको राष्ट्रपतीय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै बहालवाला राष्ट्रपति अशरफ घानी निर्वाचित भएको घोषणा गरेको छ ।

त्यहाँको स्वतन्त्र निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा घानीले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

खसेको कूल मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गरेको अफगानिस्तानको समाचार संस्था टोलोले जनाएको छ ।

अफगानिस्तानका बहालवाला प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् ।

राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि अब्दुल्लाह अब्दुल्लाहले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् । उनले आफूले जीत हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा समावेशी सरकार गठन गर्ने बताएका छन् ।

निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाहले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय अवैधानिक रहेको र त्यो स्वीकार्य नरहेको स्पष्ट पारेका छन् । उनले चुनावी नतीजा प्रजातन्त्रको बिरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : १९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको