समयमै काम नहुँदा विद्युत् आयोजना अलपत्र « Khabarhub

समयमै काम नहुँदा विद्युत् आयोजना अलपत्र


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ ।

सबस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्युठान जिल्लामा पाँच करोड लागतको आयोजना अलपत्र परेको छ ।

सबस्टेशनमा वितरण लाइनका लागि हुनुपर्ने काम समयमै नहुँदा आयोजना सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनीयर ज्ञानबहादुर फर्सालले बताए ।

आरके इन्टरनेशन नेपाल काठमाडौँले गत भदौमा काम सक्ने गरी ठेक्का लिएको थियो । ‘बारम्बार ताकेता गर्दा पनि ठेकेदार कम्पनीले समयमै काम गर्न सकेन’ इञ्जिनीयर फर्सालले भने, ‘ठेकेदार कम्पनीले समयमै काम गरेको भए आयोजना सञ्चालनमा आइसक्थ्यो ।’

विद्युत् भार कटौती मुक्त जिल्लाको रुपमा रहेको प्यूठान जिल्लामा बारम्बार विद्युत् अनियमिताको समस्या देखिनुको मुख्य कारण सव स्टेशन नहुनु रहेको नेपाल विद्युत् प्राधिकरण प्यूठानका प्रमुख जयनन्द बोगटीले बताए ।

विद्युत् प्राथिकरणले आयोजना सम्पन्न गर्नका लागि विसं २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढलेका छन् ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको पाइँदैन ।

१४ करोडको काम हुने

यसै आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरण प्यूठानले नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत १४ करोड लागतमा विद्युतीकरण गर्ने प्राधिकरण प्रमुख जयनन्द बोगटीले बताए ।

प्यूठान नगरपालिकाका केही ठाउँ र विद्युतीकरण नभएका जिल्लाका विभिन्न ठाउँहरुमा वितरण लाइन निर्माण, ट्रान्सफर्मर जडानका कामहरु गर्ने उनको भनाइ छ ।

यो बजेटले यसै आर्थिक वर्षमा काम गर्ने र जिल्लाका केही ठाउँहरुमा अर्को आर्थिक वर्षमा काम गरी जिल्लामा विद्युतीकरणको काम सक्ने योजना आफूहरुले बनाएको उनले बताए ।

आगामी आर्थिक वर्षमा गौमुखी गाउँपालिका–३ रजवाराको केही भाग, नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङको सबै ठाउँ, नौ बहिनी–२ खवाङका केही ठाउँहरुमा काम हुनेछ । जिल्लामा अहिले २३ हजार घरधुरीले विद्युत् जडान गरी सुविधा लिइरहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ४८ बजे

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना