‘आमा’ बाट आशावादी ‘पशुपतिप्रसाद’ निर्देशक « Khabarhub

‘आमा’ बाट आशावादी ‘पशुपतिप्रसाद’ निर्देशक


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनालले यसअघि निर्देशन गरेको फिल्म ‘चंगाचेट’ ले खासै सफलता कमाउन सकेन । निर्माता माधव वाग्ले भने यो फिल्मबाट आफूहरु घाटामा नगएको बताउँछन् ।

यतिबेला भने निर्देशन दीपेन्द्र के खनाल नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन् । फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ का निर्देशक हुन् दीपेन्द्र ।

उनी यो फिल्म स्तरीय बनेको दाबी गर्छन् । फिल्म ‘पशुपतिप्रसाद’ बाट चौतर्फी चर्चा कमाएका दीपेन्द्रले पछिल्लो समय आफ्नो यो धारलाई छोडेका छैनन् । दीपेन्द्र यो फिल्मले दर्शकको मन छुने बताउँछन् ।

अस्पतालमा छायांकन गर्नुपर्दा निर्देशनका हिसाबले ‘पशुपतिप्रसाद’ मा भन्दा थप मेहनत गर्नुपरेको दीपेन्द्रको अनुभव छ । उनी भन्छन्, ‘फिल्मका संवाद र कथाले दर्शकको मन छुन्छ, मेहनत गरेको छु ।’

फिल्ममा सन्तानका लागि आमाले गर्ने त्याग देखाइएको छ । वरिष्ठ कलाकार मिथिला शर्मा आमाको भूमिकामा छिन् भने नायिका सुरक्षा पन्तको पनि शीर्ष भूमिका छ ।

सुरक्षा र दीपेन्द्रले केही फिल्ममा एकसाथ काम गरिसकेका छन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

निर्देशक खनालले नै खिचेको यो फिल्ममा कथा पनि उनैको छ । फिल्मले रिलिजअघि राम्रै चर्चा कमाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : १८ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत