चिनियाँ राजदूतलाई खुलापत्र : महामहिमज्यू, यो तिब्बत होइन ! | Khabarhub Khabarhub

चिनियाँ राजदूतलाई खुलापत्र : महामहिमज्यू, यो तिब्बत होइन !



सर्वप्रथम त नेपालका लागि जनगणतान्त्रिक चीनका महामहिम राजदूत होउ यान्छीज्यूलाई न्यानो अभिवादन तथा नमस्कार ।

महामहिमज्यू, हामीलाई थाहा छ नेपालको उत्तरी छिमेकी चीन अहिले विनाशकारी कोरोना भाइरस (कोभिड १९) को संक्रमणविरुद्ध लडाईंमा छ । सयौं मान्छेको ज्यान गइसकेको छ । हजारौं अस्पतालमा छन् । यो आकस्मिक विपदलाई तपाईहरुले चाँडै नियन्त्रणमा लिएर जित्नुहुनेछ भन्ने हाम्रो विश्वास र शुभेच्छा छ ।

छिमेकी हुनुको नाताले नेपाल सरकार, कर्मचारीतन्त्र, सामाजिक अगुवा, सञ्चारमाध्यमदेखि आम नागरिकसम्म हामी सबै तपाईहरुको साथ र समर्थनमा छौं । सक्दो सहयोग पनि गरेका छौं । असल छिमेकीको नाताले तपाईको देशको पीडामा मल्हम लाउने हाम्रो जारी छ र रहिरहनेछ ।

कोरोना भाइरल फैलिन सुरु गरेपछि चीनमा रहेका नेपाली राजदूत लीलामणि पौड्यालले दूतावासका कर्मचारीहरुसँग उभिएर मुठ्ठी उचाल्दै चीनको नारा लगाएर भाइरसविरुद्धको लडाईंमा ऐक्यबद्धता जनाउनु, नेपाल सरकारले चीनलाई मास्क प्रदान गर्नु, माइतीघरमा उभिएर नेपाली नागरिकले ‘हामी साथमा छौं’ भन्दै दीप प्रज्वलन गर्ने गतिविधिहरु सबै छिमेकी चीनको पीडामा मल्हम लगाउने नेपाली प्रयास थिए ।

यसअर्थमा चीनमा फैलिएको कोरोना भाइरसले चीनमात्रै होइन छिमेकी नेपाल र नेपालीहरु समेत दुःखी छन् । साथै साथ, सहयोग र शुभेच्छा पनि रहेको छ ।

अब मुख्य विषयमा प्रवेश गरौं ।

महामहिमज्यू, नेपाल र चीनको सम्बन्ध आजको होइन । यस विषयमा विद्धान महामहिम स्वयं जानकार हुनुहुन्छ । ३ हजार वर्षअघि मन्जुश्रीले जोडेको नेपाल–चीन सम्बन्ध १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियानको नेपाल भ्रमण हुँदै नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह, अरनिको, अंशुवर्मा तथा आजको युगसम्म आइपुगेको छ ।

कुटनीतिक सम्बन्ध स्थापना भएको पनि ७० वर्ष पुगिसकेको छ । यस हिसाबले चीनसँग नेपालको सम्बन्ध सदियौंकालदेखि सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा रहेको पाइन्छ । चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्दै आएको छ भने नेपालले पनि एक चीन नीति मान्दै चीनको सम्प्रभुतालाई उच्च सम्मान दिएको छ । नेपाल र चीनबीच सहयोग अदानप्रदान राज्य र जनस्तरमा हुँदै आएको छ । यस हिसाबले नेपाल–चीन सम्बन्ध विश्वमै उदाहरणीय छ ।

कुनै देशको राजदूत हो, अर्थात प्रतिनिधि । तपाईका आफ्नै कुटनीतिक मर्यादा र सीमा छन् । खासमा दूत भनेको सूचना आदानप्रदान गर्ने, समन्वय गर्ने अर्थमा बुझिन्छ । तर, तपाईको विज्ञप्तिले तपाई नेपालको शासकजस्तो गरि प्रस्तुत हुनुभएको देखाएको छ ।

यद्यपि पछिल्ला दिनमा हाम्रो उत्तरी छिमेकी चीनले अस्वभाविक व्यवहार देखाउन थालेको छ । खासगरी महामहिम होउ यान्छीको पालामा यो व्यवहार विस्फोट नै भएकाले म यो खुलापत्र लेख्न बाध्य भएको हुँ ।

मलाई लाग्थ्यो, सानातिना कुराले नेपाल–चीन सम्बन्धमा असर गर्नेछैन । किनकि चीन विश्वकै महाशक्तिको दौडमा छ । सानातिना कुराले उसलाई छुनेछैन । तर, महामहिमज्यूको नेतृत्वमा रहेको चिनियाँ दूतावासले हिजो मंगलबार सार्वजनिक गरेको विज्ञप्तिले मेरो, नेपाली सञ्चार क्षेत्र र आम नेपालीको विश्वास टुटेको छ ।

तपाईले नेपालको सार्वभौमिकता, शासनप्रणाली, स्वतन्त्र प्रेसको ख्यालै नगरि सानो चित्त राखेर दिनुभएको प्रतिक्रियाले हाम्रो भावना र चीनप्रतिको विश्वासमा ठेस पुगेको छ ।

महामहिमज्यू, हाम्रो आपत्ति तपाईको असहमतिमा होइन बल्की तपाईको अहंकार र धम्कीपूर्ण भाषामा हो । होला, कान्तिपुर पब्लिकेशनकोअंग्रेजी संस्करण काठमाडौं पोस्ट दैनिकले तपाईको देशका सर्वोच्च नेता स्वर्गीय माओत्से तुङको मास्क लगाएको तस्बिर छाप्यो । त्यसमा तपाईको चित्त बुझेन भने असहमति राख्ने अधिकार छ । तर, उक्त पत्रिकाका सम्पादकलाई लाल्छना लाउने र धम्की दिने कुटनीतिक मर्यादा विपरितका कुरा हामीलाई कदापी सैह्य छैन । यो एक सार्वभौम राष्ट्र, लोकतान्त्रिक शासन प्रणाली र स्वतन्त्र प्रेसमाथि नै चुनौतीको रुपमा हामीले बुझेका छौं ।

महामहिमज्यू, तपाईलाई के स्मरण गराउ भने तपाई कुनै देशको राजदूत हो, अर्थात प्रतिनिधि । तपाईका आफ्नै कुटनीतिक मर्यादा र सीमा छन् । खासमा दूत भनेको सूचना आदानप्रदान गर्ने, समन्वय गर्ने अर्थमा बुझिन्छ । तर, तपाईको विज्ञप्तिले तपाई नेपालको शासकजस्तो गरि प्रस्तुत हुनुभएको देखाएको छ ।

एक सार्वभौम नागरिकको हैसियतले त्यसमा हाम्रो आपत्ति हो । त्यसो त मंगलबार छापिएको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको लेख काठमाडौं पोस्टले आफैं लेखेको छैन । अनि माओको तस्बिरको स्केच पनि पत्रिकाले कोरेको होइन ।

महामहिमज्यू, तपाईले हेक्का राख्नुपर्ने कुरा के हो नेपाल तिब्बत होइन । जून तपाईको नियन्त्रणमा छ अर्थात चीनले स्वशासित गरेको क्षेत्र हो । तपाईहरुले जे भन्यो त्यहीँ लागु हुन्छ । तर, नेपाल बहादुरहरुको देश हो । जो कहिल्यै पनि कसैको उपनिवेशमा रहेन । सधै स्वतन्त्र । यस्तो देशमा तपाईको दादागिरी व्यवहार निन्दनीय छ

अर्काे कुरा यो तस्बिर र आलेख नेपालमा मात्रै प्रकाशित भएको होइन । उक्त लेख नाटोका लागि अमेरिकाका पूर्व राजदूत इभो ड्याल्डरले लेखेका हुन् । लेखकको परिचयका आधारमा पनि उक्त सामग्री चीनप्रति आक्रामक हुनु स्वभाविकै हो ।

यसलाई तपाईले पनि स्वभाविक रुपमा लिनुपर्थ्यो  । तर, आवेशमा आएर कच्चा कुटनीति देखाउनुभयो महामहिमज्यू । तपाईबाट यतिसम्मको व्यवहार आशा थिएन । यो तपाईकै लागि घातक हुनेछ । यो घटना तपाईको कार्यकालको धब्बाको रुपमा रहने निश्चित छ । साथै नेपाल–चीन सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्छ ।

महामहिमज्यू, तपाईले हेक्का राख्नुपर्ने कुरा के हो नेपाल तिब्बत होइन । जून तपाईको नियन्त्रणमा छ अर्थात चीनले स्वशासित गरेको क्षेत्र हो । तपाईहरुले जे भन्यो त्यहीँ लागु हुन्छ । तर, नेपाल बहादुरहरुको देश हो । जो कहिल्यै पनि कसैको उपनिवेशमा रहेन । सधै स्वतन्त्र । यस्तो देशमा तपाईको दादागिरी व्यवहार निन्दनीय छ । तपाईको धम्की र लाल्छनाले कोही डराउनेवाला छैन ।

नेपालमा आफूले चाहेजस्तो गराउन खोज्नु र चाहनु त्यो तपाईको दिवा सपना मात्र हो । यहीँ घटनाको परिणाम पनि तपाईले देखिसक्नु भएको छ । जनस्तरबाट तपाईको विरोध सुरु भइसक्यो । प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुले समेत तपाईको लाल्छना र धम्कीप्रति भत्र्सना गर्दै कुटनीतिक मर्यादामा बस्न ध्यानाकर्षण गराइसकेका छन् ।

अन्त्यमा, महामहिज्यू प्रशंसा सुन्न चाहनेले आलोचना पनि सुन्नुपर्छ । नकि आलोचना गर्नेलाई सिध्याउने प्रयन्त गर्ने । आशा छ, आगामी दिनमा तपाईले नेपाल–चीन सम्बन्धलाई सानातिना घटनामा अल्झाउनु हुनेछैन । यो घटनाबाट पाठ सिक्दै अगाडि बढ्नुहोला । कुटनीतिक मर्यादामा रहनुहोला, शुभकामना ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : १४ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको