नेपालको विकासका लागि एमसीसी आवश्यक : नेता बडू | Khabarhub Khabarhub

नेपालको विकासका लागि एमसीसी आवश्यक : नेता बडू


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साँफेबगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।

प्रेस युनियन अछामले बुधवार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।”

नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा कांग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पुर्‍याउने बाटो नै गलत भएको बताए ।

सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ ।

नेता बडूले एमसीसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको बताए । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको ? भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : ०४ बजे

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी– खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

धार्मिक पर्यटनको सम्भावना बोकेको ‘जलजला’ ओझेलमा

म्याग्दी– धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत