कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत « Khabarhub

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ।

बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो ।

उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरेको छ।

बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको जानकारी सह-महामन्त्री बहादुरसिंह लामाले दिएका छन् ।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको थियो ।

बैठकमा थापाको राजीनामाबारे छलफल गरेर प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा पनि भएको छ।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो ।

बैठकका प्रस्ताव :
१. नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगनकुमार थापाले सभापति पदबाट दिनु भएको राजीनामा सम्बन्धमा ।

२. प्रतिनिधि सभा सदस्य निर्वाचन– २०६२ को सम्बन्धमा प्रारम्भिक समीक्षा ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : १४ बजे

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ०४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको