गुण्डागर्दीमा संलग्न तामाङ पक्राउ « Khabarhub

गुण्डागर्दीमा संलग्न तामाङ पक्राउ


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गुण्डागर्दीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक जुगल गापा वडा नं. ३ का पासलाल तामाङलाई पक्राउ गरेको हो ।

तामाङसमेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने, हात खुट्टा भाँचिदिने तथा धाक-धम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्यमा संलग्न रही फरार रहेको र महिला समेतलाई अभद्र ब्यबहार गरेको सुचनाको आधारमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई जडिबुटी बाट पक्राउ गरी अभद्र ब्यबहार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

उनी कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा सेमत संलग्न रही फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : १२ बजे

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार