प्रहरी जवानसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

प्रहरी जवानसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग्दा माग्दै रंगेहात पक्राउ परेका १ प्रहरीसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहविरुद्ध २ लाख ३० हजार, काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरुद्ध १ लाख तथा सिरहाको सुखिपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान राजकुमार यादवविरुद्ध ५ हजार रुपैयाँ बिगो दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहले गाउँपालिकाको विभिन्न वडामा एचटीएलटी तथा विद्युतको ट्रान्सफर्म जडान गरेको कार्यका लागि भुक्तानी दिने प्रयोजनका लागि २ लाख २६ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारको टोलीले इन्जिनियर साहलाई घुससहित पक्राउ गरेको थियो ।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले नगरपालिकाको सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकममध्येबाट १ लाख घुस लिएका थिए ।

सिरहाको सुखिपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान राजकुमार यादवले भारतीय सीमावर्ती बजारबाट सामान आयात गर्ने व्यक्तिसँग ५ हजार रुपैयाँ घुस लिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : २२ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण