एमसीसीबारे सरकारको धारणा प्रष्ट छ : मन्त्री ज्ञवाली « Khabarhub

एमसीसीबारे सरकारको धारणा प्रष्ट छ : मन्त्री ज्ञवाली


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको धारणा प्रष्ट रहेको बताएका छन् ।

बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले एमसीसी बारेको प्रस्ताव संसदमा पेश भइसकेको बताउँदै यसबारे सरकारको धारण प्रष्ट रहेको बताए ।

उनले एमसीसी अध्ययनका लागि सत्तारुढ दल नेकपाको कार्यदलले अध्ययन गर्ने म्याण्डेट पाएको बताए । ‘हाम्रो पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले हामीले बुझनौं,अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनेको हो । हाम्रो म्याण्डेट पनि त्यतिनै हो ‘ कार्यदलका सदस्यसमेत रहेका मन्त्री ज्ञवालीले भने, “दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडैनै हाम्रो प्रतिवेदन बुझाउछौं ।’

नेकपाले झलनाथ खनालको संयोजकत्वमा प्रदिप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको आगामी बैठक बिहीबार बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : २४ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै