साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोखरेल | Khabarhub Khabarhub

साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोखरेल


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताएका छन् । उनले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता औंल्याए ।

काभ्रेपलाञ्चोक जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्नुहुँदै मन्त्री पोखरेलले नयाँ ढङ्गले शिक्षालाई व्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिमाथि आइपरेको बताए ।

अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न दक्षजनशक्ति उत्पादन गरेर मात्रै सम्भव हुने भएकाले त्यसतर्फ सिङ्गो मुलुक केन्द्रीत हुनुपर्ने बताए ।

“शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादन र रोजगारीसँग जोड्न सकेमात्र समृद्धि सम्भव छ”, मन्त्री पोखरेलले भने, “प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रूपमा विस्तार गरेर रणनीतिक ढङ्गले अगाडि बढ्न ‘स्किल फर अल’को नीतिमा सरकार अघि बढिरहेको छ ।”

उनले साक्षर भइसकेका पनि निरक्षरतर्फ फर्कनसक्ने अवस्थासमेत रहने भएकाले त्यसलाई पनि ध्यान दिन र अबको पुस्तालाई कम्प्युटर शिक्षासँग जोडेर हेर्नसमेत आग्रह गरे ।

जिल्ला साक्षर घोषणा गरिरहँदा अब नेपाल ‘डिजिटल लिट्रेसी’तर्फसमेत जानुपर्ने अवस्था रहेकोले बताउँदै मन्त्री पोखरेलले प्रविधिसँग शिक्षालाई जोडेर थप विकासको बाटोमा अघि बढ्न आग्रह गरे ।

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले जनशक्ति निर्माणको क्रमसँगै जोडेर थप विकास गर्न स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेशसभा सदस्य तथा सङ्घीय सांसदले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा संघीय सांसद गङ्गाबहादुर तामाङले उत्पादन गरेका जनशिक्तलाई व्यवहारिक रुपमा निरन्तरता दिन र पूर्ण साक्षर बनाउन सबैको काँधमा थप जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्न सबैको हातेमालो आवश्यक रहेको बताए ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको विकासको लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीचमा समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले काभ्रेपलाञ्चोक जिल्ला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले तयार पारेको सूचक पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भइसकेकाले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरे ।

राष्ट्रिय जनगणना २०६८ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका तीन लाख ७३ हजार ७२८ जनसङ्ख्यामध्ये आर्थिक वर्ष २०७६/७७ सम्ममा तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासँगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औंँ साक्षर जिल्ला भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : १६ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ– पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन)

काठमाडौंको पहेँलो पुलमा बन्दै गरेको स्पोर्टस् पार्क (फोटोफिचर)

काठमाडौं–  काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता

बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ