सुदृढ निर्वाचन प्रणालीविना लोकतन्त्र फष्टाउँदैनः प्रधानमन्त्री ओली « Khabarhub

सुदृढ निर्वाचन प्रणालीविना लोकतन्त्र फष्टाउँदैनः प्रधानमन्त्री ओली


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुदृढ निर्वाचन प्रणालीविना लोकतन्त्र फष्टाउन नसक्ने बताएका छन् ।

निर्वाचन आयोगद्वारा आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिए ।

‘निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनताको प्रतिनिधित्वको प्रतिबिम्वित हुनुपर्छ’ प्रधानमन्त्री ओलीले भने । आयोगले निष्पक्ष रहेर शान्तिपूर्ण निर्वाचन गराएको र त्यसका लागि गरेको प्रयासको प्रधानम्नत्रीले सराहना गरे ।

अबका दिनमा हामीले खर्च गर्न नपर्ने निर्वाचन, पारदर्शी निर्वाचन, पारदर्शी स्रोतको व्यवस्था गर्नेतर्फ ध्यान जान जरुरी रहेको बताउँदै उनले निर्वाचनको व्यस्तता नभएको अहिलेको समयमा आयोगलाई यस्ता विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिए ।

आगामी निर्वाचनलाई कसरी राम्रो, कम खर्चिलो र सहभागिता बढाउने, जनताको हित र भावनाको बढी भन्दाबढी प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने विधिबारे छलफल चलाउन पनि प्रधानमन्त्रीले आयोगको ध्यानाकर्षण गराए ।

सार्वभौमसत्ता सम्पन्न जनताको मूल मर्म भनेको निर्वाचनबाट प्रकट हुने अभिमत नै हो भन्दै उनले जनताको अभिमतलाई स्वीकार गरेमात्रै लोकतन्त्र बलिायो हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्न सुझाव दिए ।

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने र जनताका प्राप्त अधिकारलाई सुदृढ गर्ने गर्दै कार्यन्वयनमा जाने काममा सरकार लागिरहेको बताउदै प्रधानमन्त्री ओलीले  भने, “देशका निम्ति सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल बनाउने र राष्ट्रिय आकाङ्क्षाको परिपूर्तिमा सफलतापूर्वक अघि बढेका छौँ ।”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी निर्वाचनका माध्यामबाट शान्ति, स्थिरता, समृद्धि र सुशासका लागि आयोगले सहयोग पुर्‍याउँदै आएको बताएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : ०० बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा