सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना | Khabarhub Khabarhub

सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।

ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए ।

यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ ।

यसैबीच सिन्धुली अस्पतालमा आउने सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने भएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सावधानीस्वरुप अनिवार्य हात धुनुपर्ने भएको हो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।

यस्तै इमरजेन्सी कक्षमा जाने बिरामीका लागि स्यानीटाइजर लगाउनुपर्नेछ । आपत्कालीन सेवा भएकाले त्यहाँ साबुन पानीले हातधुन असम्भव रहेकाले स्यानिटाइजरको व्यवस्था गरिएको हो । सचेत र सावधानी अपनाएमा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने भएकाले अस्पताले यस्तो नियम बनाएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : २१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले