नेपालको सन्दर्भमा कोरोना भाइरस र यसको रोकथाम | Khabarhub Khabarhub

नेपालको सन्दर्भमा कोरोना भाइरस र यसको रोकथाम



हाल संसारभर महामारीको रूपमा फैलिंदै गरेको कोरोना (Corona) भाइरसको संक्रमणबाट हुने रोगले अपूर्व रूपमा मानब समाजलाई नै हल्लाएको छ । चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७३ मुलुकमा फैलिएको छ ।

कोरोना भाइरसको नयाँ (novel) प्रजातिले लाग्ने यो रोगले विशेष गरी बृद्ध तथा आशक्तहरूलाई बढी प्रभाव पारेको देखिन्छ । कोरोना भाइरसको सन्दर्भमा यसको संक्रमण हुनबाट बच्न उपयोगी हुने केही तथ्यहरू यहाँ उल्लेख गरेको छु ।

कोरोना भाइरस संसारमा पाइने भाइरस मध्येको एउटा प्रजातिको समूह हो । विगतमा महामारी फैलाई सकेका सार्स (SARS), मेर्स (MERS) र अहिलेको कोविड-१९ (COVID-19) एउटै समूहका भाइरस हुन् । वास्तवमा हाल देखिएको नोवेल कोरोना भाइरस र सार्स निकै समान छन् ।

तसर्थ बैज्ञानिक माझ यो नयाँ भाइरस SARS-2 को रूपमा परिचित छ । यी भाइरस अत्यन्तै सुक्ष्म हुन्छन् र माइक्रोस्कोपको सहायताबाट समेत देख्न मुस्किल हुन्छ । तसर्थ यीनलाई पत्ता लगाउन वैकल्पिक प्रविधिहरू उपयोग गर्नुपर्ने हुन्छ ।

यो नयाँ भाइरस भएको हुनाले पत्ता लगाउने, प्रमाणित प्रविधि पनि सीमित मात्र हुनुको साथै महङ्गो र प्राविधिक रूपमा अप्ठ्यारो पनि छ । समयक्रमसँगै नयाँ सरल प्रविधि उपलब्ध हुने र विद्यमान प्रविधि पनि सर्वसुलभ हुने अनुमान गर्न सकिन्छ । हाल भाइरस लागेपछि देखिने रोगको लक्षण नै भाइरस संक्रमणको अनुमान गर्ने पहिलो कडि हो ।

कोरोना भाइरस संसारमा पाइने भाइरस मध्येको एउटा प्रजातिको समूह हो । विगतमा महामारी फैलाई सकेका सार्स (SARS), मेर्स (MERS) र अहिलेको कोविड-१९ (COVID-19) एउटै समूहका भाइरस हुन् । वास्तवमा हाल देखिएको नोवेल कोरोना भाइरस र सार्स निकै समान छन् ।

कोरोना भाइरस संक्रमित व्यक्तिबाट संक्रमण नभएमा व्यक्तिहरूमा स्वासप्रस्वासको मध्यमबाट सर्ने गर्दछ । संक्रमित व्यक्तिको खोकी, हाच्छ्युँ, तथा बोल्दा निस्कने मसिना थुकका छिटाहरूबाट पनि अर्को व्यक्तिलाई सर्ने गर्दछ । बोल्दा निस्किने थुकका छिटाहरूमा रहेको भाइरस सतहमा पनि लामो समयसम्म रहन गई संक्रमण फैलिन सक्छ ।

कोरोना भाइरसको संक्रमण भएमा अधिकांश संक्रमितमा सामान्यदेखि केही गम्भीर प्रकृतिको रुघाखोकीका लक्षणहरू देखिन्छन् । अधिकांश संक्रमितमा यो रोग पनि अन्य भाइरल रोग जस्तै केही दिनको अस्वस्थता पछि आफैं निको हुन्छ ।

युवा जनशक्ति वैदेशिक रोजगारीको क्रममा बाहिँरिदा ग्रामीण क्षेत्रमा अधिकांश बृद्धबृद्धाहरू छन् । यस्तो अवस्थामा विदेशिएकाहरू फर्किँदा तथा पर्यटकहरूको मध्यमबाट कोरोना भाइरसको संक्रमण देशमा भित्रिने सम्भावना पनि उत्तिकै रहन्छ ।

तर बृद्द्ध तथा पहिल्यै स्वास-प्रस्वास सम्बन्धी समस्या भएका र प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिलाई संक्रमण भएको खण्डमा भने यसले गम्भीर रूप लिन गई मृत्युसम्म हुन सक्छ । तसर्थ यस्ता समूहका व्यक्तिहरूले विशेष सावधानी अपनाउनु जरूरी रहन्छ ।

सामान्य अवस्था भएका व्यक्तिहरूको हकमा यो भाइरसको संक्रमण हुँदैमा मृत्यु वा गम्भीर रोग लाग्ने भै हाल्दैन । संक्रमण भएको अवस्थामा समेत गम्भीर लक्षण नदेखिएको खण्डमा घ मै बसेर आफ्नो ख्याल गर्दा उचित हुन्छ ।

अहिले यो भाइरसविरूद्ध कुनै औषधि नभएको हुनाले साधारण लक्षण भएका बिमारीलाई अस्पतालमा समेत उपचार गर्ने केही सम्भावना हुँदैन । तसर्थ यसको संक्रमण हुनबाट जोगिन घरमै सुरक्षित तवरले बस्दा उचित हुन्छ । साथै रोग निको भएको केही समयसम्म पनि यो भाइरस सर्न सक्ने सम्भावना भएको हुनाले लक्षण सकिए पनि सावधानी अपनाउनु जरूरी रहन्छ ।

नेपालमा अधिकांश मानिसहरू सार्वजनिक यातायातको प्रयोग गर्छन् । सामाजिक रूपमा पनि व्यक्ति-व्यक्तिको सम्पर्क बाक्लो हुन्छ । जन्म, मृत्यु, विवाह लगायका काममा मात्र नभएर चाडपर्ब, मेला, जात्राजस्ता सामाजिक उत्सवमा मानिसहरूको बाक्लो उपस्थिति रहने गर्छ । यस्ता सभा-समारोहमा कोरोना भाइरसस संक्रमणको सम्भावना अझ बढी जोखिमपूर्ण हुन्छ ।

युवाहरूलाई यो भाइरसले त्यति असर नगर्ने भए पनि युवाहरू मार्फत संक्रमण भने फैलिने उत्तिकै सम्भावना रहन्छ । रोगको लक्षण नदेखिएका, तर संक्रमित व्यक्तिहरूबाट पनि यो भाइरस सर्न सक्छ । तसर्थ सावधानी अपनाउनु जरूरी छ ।

नेपालको सन्दर्भमा शहरी तथा ग्रामिण बजारहरूमा निकै अव्यवस्थित तथा खँदिलो बसोबास छ । स्वच्छ खानेपानी, ढल निकास इत्यादिको अभाव, शिक्षा अनि जनचेतनाको कमिले गर्दा सरसफाईको मामिलामा नेपाली समाज पछाडि नै छ । प्रदुषण, पर्यावरणीय ह्रास, उचित भेन्टिलेसनबिनाका घर, खाना पकाउने दाउरा गुइठाको प्रयोग लगायतका कारणले तुलनात्मक रूपमा नेपालीहरूमा स्वास–प्रस्वास सम्बन्धी समस्या बढी नै देखिन्छ ।

युवा जनशक्ति वैदेशिक रोजगारीको क्रममा बाहिँरिदा ग्रामीण क्षेत्रमा अधिकांश बृद्धबृद्धाहरू छन् । यस्तो अवस्थामा विदेशिएकाहरू फर्किँदा तथा पर्यटकहरूको मध्यमबाट कोरोना भाइरसको संक्रमण देशमा भित्रिने सम्भावना पनि उत्तिकै रहन्छ ।

यो सबैबाट कोभिड-१९ को महामारी फैलिनका निमित्त उपयुक्त परिवेश बन्ने अवस्था आउन सक्छ । तसर्थ महामारीको जोखिमबाट बच्न पूर्व सतर्कता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो ।

सकेसम्म व्यक्ति-व्यक्तिको सम्पर्क थोरै राख्ने, ६ फिट वा सो भन्दा अधिक दुरी राखी कुराकानी गर्ने, पटक-पटक साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ । यी कुराहरू हामीले तत्काल अबलम्वन गर्नु जरूरी छ । स्मरण रहोस् मानिस बोल्दा समेत मसिना भाइरस संक्रमित कणहरू हावामा फैलिन्छन् ।

युवाहरूलाई यो भाइरसले त्यति असर नगर्ने भए पनि युवाहरू मार्फत संक्रमण भने फैलिने उत्तिकै सम्भावना रहन्छ । रोगको लक्षण नदेखिएका, तर संक्रमित व्यक्तिहरूबाट पनि यो भाइरस सर्न सक्छ । तसर्थ सावधानी अपनाउनु जरूरी छ ।

आफूलाई रोग नलाग्दा पनि सबैले आफूमा कोरोनको जिवाणु छ र मेरो माध्यमबाट अरूलाई सर्न सक्छ, मेरो कारणले अरू कसैको अकालमा मृत्यु हुन सक्छ भन्ने सोचेर सबै जनाले उत्तिकै सावधानी अपनाउनु जरूरी छ ।

कुनै पनि सरूवा रोग फैलिँदै गर्दा एकबाट दुई, दुईबाट चार हुँदै फैलिन्छ । अर्थात् पहिलो दिन भन्दा दोस्रो दिन धेरै संक्रमण फैलिन्छ । उचित व्यवस्थापन नगरेको खण्डमा केही दिनको अन्तरालमा नै व्यापक रूपमा यो रोग फैलेर जन-धनको ठूलो क्षति हुने सम्भावना रहन्छ ।

उद्देश्य आफू बच्नु मात्रै होइन, अरूलाई बचाउने राख्नुपर्छ । भिडभाडयुक्त क्षेत्र, बजार, मल, सिनेमा, सभा गोष्ठी मेलामा सकभर नजाने, जानै परे उचित सुरक्षा सावधानी अपनाउने गर्नुपर्छ ।

विदेशबाट फर्केका कोही छन् र रुघा-खोकी जस्ता स्वास–प्रस्वास सम्बन्धी समस्या देखिएको छ भने तुरून्त नजिकको स्वास्थ्य संस्थामा पूर्व जानकारी गराएर स्वास्थ्य सल्लाह लिनु उपयुक्त हुन्छ । कुनै लक्षण नदेखिएका, तर पनि विदेश भ्रमण गरेका व्यक्तिहरूले समाजमा यो रोग फैलन नदिन स्वतःस्फुर्त रूपमा १४ दिन स्वयम् क्वारेन्टाइमा बस्नु उचित हुन्छ ।

कुनै पनि सरूवा रोग फैलिँदै गर्दा एकबाट दुई, दुईबाट चार हुँदै फैलिन्छ । अर्थात् पहिलो दिन भन्दा दोस्रो दिन धेरै संक्रमण फैलिन्छ । उचित व्यवस्थापन नगरेको खण्डमा केही दिनको अन्तरालमा नै व्यापक रूपमा यो रोग फैलेर जन-धनको ठूलो क्षति हुने सम्भावना रहन्छ ।

एकैपटक धेरै जनामा संक्रमण देखिन पुग्दा अस्पताल, स्वास्थ्यकर्मी तथा औषधीको कमि हुन गइ समस्याले बिकराल रूप लिन सक्छ ।

रोगलाई महामारीको रूपमा फैलिन नदिन सवैभन्दा उत्तम उपाय भनेकै यसको यसको संक्रमणमा कमि ल्याउनु हो । अर्थात् रोगको फैलावट स्वास्थ्य सेवाले धान्न सक्ने क्षमताभन्दा तल नै राख्नु हो । संसारभरका देशहरूले अहिले अबलम्बन गरेको नीति नै येही हो । तर नेपालको सन्दर्भमा संक्रमण फैलन नदिनु मात्रैले नपुग्ने अवस्था छ । किनकि यहाँको स्वास्थ्य सेवाको पहुँच निकै कम छ । तसर्थ संक्रमणको रोकथामका लागि स्वास्थ्य सेवा चुस्त बनाउनुका साथै आपतकालीन शय्या विस्तार र प्रत्येक जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम दिनु जरूरी रहन्छ ।

कोभिड -१९ का बिमारीहरू बिना जानकारी सोझै अस्पताल जाँदा स्वास्थ्यकर्मी तथा अन्य बिरामीहरूलाई पनि संक्रमण सर्ने जोखिम हुन्छ । प्रविधिको भरपूर प्रयोग गरी सम्भावित कोरोनाका बिमारीलाई उचित निर्देशन दिने व्यवस्था मिलाउन सकेमा पनि स्वास्थ्य लाभ लिन सकिने अवस्था रहन्छ । यसो गर्नाले स्वास्थ्यकर्मी सुरक्षित हुने मात्र नभइ अरूमा पनि यो रोग सर्ने सम्भावना कम हुन्छ । यो अवस्थामा टेलीमेडिसिन प्रयोगमा ल्याउन सकिन्छ ।

मास्क र पन्जाको प्रयोग गरेपनि भाइरसको सम्पर्कमा आएमा लामो समयसम्म त्यो रहने हुँदा संक्रमणको माध्यम नै माक्स बन्न सक्छ । मास्क तथा पन्जामा रहेका भाइरस स्वतन्त्र भइ उडेर संक्रमण हुन सक्छ । तसर्थ बाहिर लगाएको मास्क घर छिर्न अगाडि जतनका साथ हटाएर फाल्नु नै श्रेयस्कर हुन्छ ।

कोरोनाको संक्रमण विश्वव्यापी फैलिएसँगै रोगबाट बच्न मानिसहरूले व्यापकरूपमा मास्क र पन्जा प्रयोग गरेको पाइएको छ । मास्क र पन्जाले संक्रमण रोक्न मद्दत गर्ने भए पनि सही उपयोग नगर्दा उल्टो मास्क र पन्जाले रोग फैलिन सहयोग गर्ने तथ्यलाई बिर्सनु हुँदैन । यो रोगबाट बच्ने सबै भन्दा भरपर्दो उपाय भनेको भाइरस स्वासप्रस्वास प्रणालीमा पुग्न नदिनु नै हो ।

मास्क र पन्जाको प्रयोग गरेपनि भाइरसको सम्पर्कमा आएमा लामो समयसम्म त्यो रहने हुँदा संक्रमणको माध्यम नै माक्स बन्न सक्छ । मास्क तथा पन्जामा रहेका भाइरस स्वतन्त्र भइ उडेर संक्रमण हुन सक्छ । तसर्थ बाहिर लगाएको मास्क घर छिर्न अगाडि जतनका साथ हटाएर फाल्नु नै श्रेयस्कर हुन्छ ।

साथै पन्जा लगाउँदा वा नलगाउँदा पनि साबुन पानीले कम्तिमा १ मिनेट समय लगाएर हात धुन जरूरी हुन्छ । सकेसम्म पटक-पटक हात धुने बानीले पनि यो भाइरस संक्रमण हुनबाट जोगाउँछ । आँखा, कान, नाक र मुख छुनु अगाडि अनिवार्य हात धुने बानी बसाल्ने हो भने कोरोना भाइरस मात्र नभई अधिकांश स्वासप्रस्वास सम्बन्धी रोगका जीवाणुबाट बच्न सकिन्छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको प्रकोप नदेखिनु सौभाग्यको कुरा भए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा रहेको मुलुकको सूचीमा राखेको छ । सरकारी तवरमा पनि पूर्व तयारी फितलो तथा सुस्त देखिएको छ । सरकारले केन्द्रीय, प्रादेशिक तथा जिल्ला तहका अस्पतालमा तत्कालको लागि आइसोलेशन वार्ड बनाउन उचित निर्देशिका र बजेट दिन ढिला गरि सकेको छ ।

संसार नै कोभिड-१९ ले ग्रसित भएको बेला पहिलो प्राथमिकता भनेको स्वास्थ्य व्यवस्थापन चुस्त राख्नु हो । स्थानीय, प्रदेश तथा केन्द्र सरकारले आफूले सक्दो पूर्वतयारी गर्नु उपयुक्त हुन्छ । अहिले स्थानीय तहहरूले स्वतःस्फुर्तरूपमा हेल्थ डेस्क बनाउने कार्यमा जुटेका छन् ।

कोरोनाको प्रकोपले पार्ने सामाजिक, आर्थिक तथा भौतिक असरहरूको सामना गर्न आवश्यक पूर्व तयारी गर्न पनी ढिला गर्नु हुँदैन । व्यक्तिगत तथा सामाजिक रूपमा हामी आफैंले आचरणमा परिवर्तन ल्याई आफू पनि बच्ने र अनि अरूलाई पनि बचाउनेतर्फ उल्लेख्य भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

काम राम्रो उद्देश्य राखेर थालिए पनि उचित तालिम र उपयुक्त प्रविधिको अभावमा सहयोग गर्न बसेका कर्मीहरू नै उल्टो संक्रमित हुने खतरा उत्तिकै रहने सम्भावना देखिन्छ । सही तवरले हेल्थ डेस्कहरू संचालन हुन नसकेको खण्डमा उल्टै महामारी फैलाउने मध्यम बन्न सक्छन ।

प्रत्येक स्वास्थ्य चौकी, अस्पताल वा अन्य स्वास्थ्य संस्थामा कोभिड-१९ लागेका बिमारीलाई राख्न छुट्टै कोठा वा वार्डको व्यवस्था गर्न जरूरी छ । सरसफाई गर्न डिसइन्फेकटेन्ट (disinfectant) नभएको खण्डमा स्पिरिटमा एक चौथाई पानी मिलाएर पनि प्रयोग गर्न सकिन्छ । अस्पताल आउने सम्पूर्ण बिमारी तथा आगन्तुकहरूलाई अनिवार्य मास्क (अभाव भएको खण्डमा घरेलु रूमाल इत्यादि) लगाउनु पर्ने नियम बनाउन सकिन्छ ।

अन्त्यमा, कोभिड-१९ को महामारी विश्वव्यापीरूपमा फैलिँदै गर्दा नेपाल पनि यो रोगको उच्च जोखिममा छ । सीमित स्रोत तथा स्वास्थ्य उपचार गर्ने न्यून जनशक्ति भएको नेपाल जस्तो देशमा यो रोग फैलेको खण्डमा पर्न जाने असर भयावह हुन्छ । तसर्थ सरकारको तर्फबाट अन्य देशको अनुशरण गर्दै उपयुक्त नीति बनाउन तथा कदम चाल्न विलम्ब गर्न हुँदैन ।

हालै सरकारले घोषणा गरेको नियन्त्रन्त्रणमुखी नियमहरूले पक्कै पनि रोकथाम गर्न सहयोग गर्नेछ । महामारी फैलिएको खण्डमा आवश्यक पर्ने नीति तथा कार्यहरूको पनि पूर्व तयारी गर्नु उत्तिकै जरूरी रहन्छ । कोरोनाको प्रकोपले पार्ने सामाजिक, आर्थिक तथा भौतिक असरहरूको सामना गर्न आवश्यक पूर्व तयारी गर्न पनी ढिला गर्नु हुँदैन । व्यक्तिगत तथा सामाजिक रूपमा हामी आफैंले आचरणमा परिवर्तन ल्याई आफू पनि बच्ने र अनि अरूलाई पनि बचाउनेतर्फ उल्लेख्य भूमिका निर्वाह गर्न सक्नुपर्छ ।


(जोखिमयुक्त भाइरसको विषयमा विद्यावारिधि गरेका लेखक हाल अमेरिकाको जर्जियास्थित विश्वविद्यालयको इन्स्टिच्यूट अफ बायोमेडिकल साइन्समा अनुसन्धानरत छन् । )

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ५६ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै