परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका छन्। चिनियाँ सरकारी मुखपत्र ‘चाइना डेली’ ले दुई नेताबीच बेइजिङमा भएको वार्तालाई प्रमुखताका साथ प्रकाशन गर्दै नेपाल-चीन सम्बन्धका विविध आयामबारे विस्तृत विवरण सार्वजनिक गरेको हो।

वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई अगाडि बढाउन चीन तयार रहेको स्पष्ट पारेका छन्। नेपाललाई भूपरिवेष्ठित देशबाट भू-जडित देशमा रूपान्तरण गर्न बेइजिङले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए। चीनले छिमेकी कूटनीतिमा काठमाडौँसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै वाङले नेपालको नयाँ सरकारले सुशासन कायम गर्नेमा विश्वास व्यक्त गरे।

‘चाइना डेली’ का अनुसार वार्तामा तिब्बत र ताइवानको मुद्दाले पनि प्रवेश पाएको छ। चिनियाँ पक्षले यी विषयलाई आफ्नो ‘मूल चासो’ का रूपमा राख्दै नेपालले देखाउँदै आएको दृढ प्रतिबद्धताको प्रशंसा गरेको छ। विदेशमन्त्री वाङले द्विपक्षीय सहयोग संयन्त्रको प्रभावकारी उपयोग गर्दै चिनियाँ कम्पनीहरूलाई नेपालमा लगानी र व्यापार विस्तारका लागि प्रोत्साहन गरिने बताए। साथै, नेपालले लगानीकर्ताका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण सुनिश्चित गर्ने अपेक्षा चिनियाँ पक्षको छ।

जवाफमा परराष्ट्रमन्त्री खनालले नेपाल एक चीन नीतिप्रति पूर्ण दृढ रहेको र ताइवान तथा तिब्बतसम्बन्धी मुद्दा चीनको आन्तरिक मामिला भएको स्पष्ट पारे। उनले चीनको पूर्ण पुनर्एकीकरणलाई नेपालको समर्थन रहने उल्लेख गर्दै नेपाली भूमि चीनको हितविपरीत प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

नेपालको नयाँ सरकार जनताकेन्द्रित विकास र असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको जानकारी दिँदै खनालले चिनियाँ विकासलाई नेपालले अवसरका रूपमा लिएको बताए। उनले बीआरआई सहकार्यमा सक्रिय रूपमा सहभागी हुन, कनेक्टिभिटी विस्तार गर्न र चिनियाँ उद्यमका लागि कानुनमा आधारित मैत्रीपूर्ण वातावरण निर्माण गर्न नेपाल तयार रहेको उल्लेख गरे। मन्त्री खनालले मानव जातिको साझा भविष्यको समुदाय निर्माणसम्बन्धी चीनको अवधारणा र विश्वव्यापी पहलहरूलाई नेपालको सक्रिय सहयोग रहने प्रतिवद्धतासमेत जनाएका छन्।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : १६ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र