सिक्का बटुलेर ११ हजारको बिजुली बिल तिर्दा यस्तो हंगामा ! « Khabarhub

सिक्का बटुलेर ११ हजारको बिजुली बिल तिर्दा यस्तो हंगामा !


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल विद्युतको उपभोग निकै बढेको छ । सस्तो र सुलभ रुपमा विद्युतको उपभोग गर्न पाएपछि धेरैको जीवनमा यो अपरीहार्य बनेको छ ।

तर यहि विद्युतको बिल तिर्ने बेलामा कसैले नगद वा बैंक भुक्तानको सट्टा सिक्का दियो भने के होला ? त्यो पनि ११ हजार भन्दा बढि रकमको भुक्तानी सिक्काबाट गर्न चाहेमा के होला ?

भारतको हरियाणास्थित फतेहाबादमा यस्तै एक रोचक घटना भएको छ । स्थानिय एक युवकले बिजुलीको बिल तिर्ने नाममा करीब ११ हजार रुपयाँको सिक्का दिएका छन् ।

बिजली निगम कार्यालयमा बिल तिर्न उनले ११ हजार बराबरको सिक्का दिएका हुन् ।

यसरी युवकले बिजुली विभागको बिल तिर्न सिक्का दिएपछि निगमका कर्मचारीबिच खैलाबैला भएको थियो । उनले बिल भुक्तानीमा सिक्का दिएपछि सबै सिक्का बैंकबाट परीक्षण गराउने भन्दै तत्काल भुक्तानी लिनबाट इन्कार गरेका छन् ।

फतेहाबादका कुलदीप नामक युवाले करीब ४६ हजार भारतिय रुपैया बराबरको बिजुलीको बिल तिर्नु थियो । कुलदीपका अनुसार नियमित समयमा बिल आमाद्वारा बिल तिर्दै आएकोमा जनवरीबाट बिजुलीबो बिलमा गडबढी भई एकाएक ४६ हजारको बिल आयो ।

जसलाई उनले तत्काल उपभोक्ता कोर्टमा सुनवाईका लागी अनुरोध गरे । तर उपभोक्ता कोर्टले ४६ हजार बिलको सट्टा ११ हजार तिर्नै पर्ने फैसला दियो ।

जसका कारण आफुमाथि अन्याय भएको तर कोर्टले समेत उचित न्याय नदिएको आक्रोशमा कुलदिपले ११ हजारको सिक्काले बिल तिर्न निगम पुगेका थिए । तर निगमका अधिकारीले सिक्का लिन मनाहि गरेको भन्दै कुलदीपले फेरी अदालतको ढोका ढक्ढकाउने बताएका छन् । जीन्यूजबाट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : १५ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल