सिक्का बटुलेर ११ हजारको बिजुली बिल तिर्दा यस्तो हंगामा ! « Khabarhub

सिक्का बटुलेर ११ हजारको बिजुली बिल तिर्दा यस्तो हंगामा !


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल विद्युतको उपभोग निकै बढेको छ । सस्तो र सुलभ रुपमा विद्युतको उपभोग गर्न पाएपछि धेरैको जीवनमा यो अपरीहार्य बनेको छ ।

तर यहि विद्युतको बिल तिर्ने बेलामा कसैले नगद वा बैंक भुक्तानको सट्टा सिक्का दियो भने के होला ? त्यो पनि ११ हजार भन्दा बढि रकमको भुक्तानी सिक्काबाट गर्न चाहेमा के होला ?

भारतको हरियाणास्थित फतेहाबादमा यस्तै एक रोचक घटना भएको छ । स्थानिय एक युवकले बिजुलीको बिल तिर्ने नाममा करीब ११ हजार रुपयाँको सिक्का दिएका छन् ।

बिजली निगम कार्यालयमा बिल तिर्न उनले ११ हजार बराबरको सिक्का दिएका हुन् ।

यसरी युवकले बिजुली विभागको बिल तिर्न सिक्का दिएपछि निगमका कर्मचारीबिच खैलाबैला भएको थियो । उनले बिल भुक्तानीमा सिक्का दिएपछि सबै सिक्का बैंकबाट परीक्षण गराउने भन्दै तत्काल भुक्तानी लिनबाट इन्कार गरेका छन् ।

फतेहाबादका कुलदीप नामक युवाले करीब ४६ हजार भारतिय रुपैया बराबरको बिजुलीको बिल तिर्नु थियो । कुलदीपका अनुसार नियमित समयमा बिल आमाद्वारा बिल तिर्दै आएकोमा जनवरीबाट बिजुलीबो बिलमा गडबढी भई एकाएक ४६ हजारको बिल आयो ।

जसलाई उनले तत्काल उपभोक्ता कोर्टमा सुनवाईका लागी अनुरोध गरे । तर उपभोक्ता कोर्टले ४६ हजार बिलको सट्टा ११ हजार तिर्नै पर्ने फैसला दियो ।

जसका कारण आफुमाथि अन्याय भएको तर कोर्टले समेत उचित न्याय नदिएको आक्रोशमा कुलदिपले ११ हजारको सिक्काले बिल तिर्न निगम पुगेका थिए । तर निगमका अधिकारीले सिक्का लिन मनाहि गरेको भन्दै कुलदीपले फेरी अदालतको ढोका ढक्ढकाउने बताएका छन् । जीन्यूजबाट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : १५ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,