२५ जना भन्दा धेरै भेला हुन नपाइने सरकारी निर्णय राष्ट्रिय सभा बैठकबाट उल्लंघन ! « Khabarhub

२५ जना भन्दा धेरै भेला हुन नपाइने सरकारी निर्णय राष्ट्रिय सभा बैठकबाट उल्लंघन !


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरको जोखिमबाट बच्न भन्दै सरकारले २५ जना भन्दा धेरै मानिस जम्मा हुन नमिल्ने निर्णय गरेको भएपनि राष्ट्रिय सभा बैठक बसिरहेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गर्दै विद्यालय, स्कुल, सभा सम्मेलन, सिनेमा हल लगायत बन्द गर्ने निर्णय गरेको थियो ।

विश्वव्यापी बनिरहेको कोरोनाको संक्रमण फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पनि धेरै मानिस भेला हुने र भीडभाडमा नजान आग्रह गर्दै आएको छ ।

तर राष्ट्रिसभा बैठक भने जारी रहेको छ । सरकारले २५ जना भन्दा धेरै भेला नहुन भनेको भएपनि हाल ५८ जना सदस्य रहेको राष्ट्रिय सभा बैठक बिहीवार(आज) बसिरहेको छ ।

उक्त बैठकबाहेक पनि त्यहाँ सुरक्षाकर्मी, कर्मचारी लगायतको भीड हुन्छ ।

बैठकमा सांसदहरुले कोरोना भाइरसप्रति सचेत हुन सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ५२ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै