मन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

मन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा विहीबार भएको भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीच कूटनीतिकसँगै अन्य बहुआयामिक सम्बन्ध पनि विशेष रहेको बताउँदै दुई देशबीच लामो समयदेखि थाँती रहेका केही विषयहरु आपसमा छलफल गरेर समाधान गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

मन्त्री अर्यालले भनिन्, “ती विषयहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस् ।” यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीसमेत राम्रोसँग पुरा हुने उनको अपेक्षा थियो ।

सो अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्नसक्ने बताएको मन्त्री अर्यालको सचिवलयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ति कोसिस गरिने बताएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ३ : ३३ बजे

रास्वपाले भन्यो : भदौ २३ को जेन-जी आन्दोलनमा गयौँ, २४ गतेको तोडफोड र आगजनीमा सहभागी भएनौँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका

श्रीलंकाका अध्यागमन प्रमुखलाई दुई वर्षको जेल सजाय

एजेनसी– श्रीलंकाका अध्यागमन प्रमुख हर्षा इलुक्पिटियालाई मंगलबार दुई वर्षको जेल

‘जेन-जी विद्रोहपछि नेपाल शान्त छ, नीति राम्रो भए पर्यटन क्षेत्र उठ्छ’

काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताले दुईतिहाइ बहुमतको

अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा

अङ्ग प्रत्यारोपण सर्जन डा. श्रेष्ठ सर्जरी सेवाबाट सेवा निवृत्त 

काठमाडौं– शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अङ्ग