ट्रेलर सार्वजनिक गर्दै ‘प्रेमगीत ३’ ले घोषणा गर्नेछ नयाँ रिलिज डेट « Khabarhub

ट्रेलर सार्वजनिक गर्दै ‘प्रेमगीत ३’ ले घोषणा गर्नेछ नयाँ रिलिज डेट


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना संक्रमणका कारण देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै रिलिज मिति तय गरेका केही सिनेमा मारमा परेका छन् । चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेमगीत ३’ पनि अब निर्धारित समयमा रिलिज नहुने भएको छ ।

सोही मितिमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’ पनि अब सो मितिमा रिलिज नहुने भएको छ । यस्तै ‘लक्का जवान’ को प्रदर्शन मिति पनि स्थगित गरिएको छ ।

सय दिन लगाएर शूटिङ सकिएको फिल्म ‘प्रेमगीत ३’ अब चैत्र २८ मा रिलिज नहुने निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

खबरहबसँगको कुराकानीमा सेनले भने, ‘अब त फिल्म रिलिज नै नहुने भयो, यदि रिलिज नै हुने भएको भए पनि सबै काम सक्न हामीलाई गाह्रो पर्ने रहेछ ।’

यतिबेला फिल्मको सम्पादनको काम चलिरहेको निर्माता सेनले बताए । उनका अनुसार ३ दिनअघि मात्र फिल्मको रिसुट गर्नका लागि टिम मुस्ताङ पुगेको थियो । केही दृश्य पुनः छायांकन गरेर फर्किएको टिमले चैत्र २८ मा फिल्म रिलिज गर्ने तयारी गरिरहेको थियो ।

अहिलेसम्म फिल्मको ट्रेलर सार्वजनिक गरिएको छैन । निर्माता सन्तोष सेनका अनुसार फिल्मको ट्रेलर सार्वजनिकको तयारी भइरहेको थियो तर अब भने केही हप्तापछि माहोल हेरेर ट्रेलर सार्वजनिक र नयाँ मिति तय गरिनेछ ।

टिमले केही गीत र ट्रेलर केही समयपछि सार्वजनिक गर्ने बताएको छ । यो फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

एक प्रतिबन्धित प्रेमकथा भनिएको यो फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने निर्माता सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ३६ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६