क्वारेनटाइनमा सोनम: कोरोनाका डरले परिवारबाट पनि छिन् टाढा « Khabarhub

क्वारेनटाइनमा सोनम: कोरोनाका डरले परिवारबाट पनि छिन् टाढा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सोनम कपूर र उनका पति आनन्द आहुजा मंगलवार लण्डनबाट भारत फर्किएका छन् । सोनमले कोरोना भाइरस फैलिने डरले १४ दिन आफूलाई अरुबाट छुट्टै राखेकी छिन् ।

सोनमको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । हालै सोनम र उनकी सासु टाढैबाट कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा छाएको छ ।

भिडियोमा सासु र सोनम घरको छत र भुइँबाट कुरा गरेको देख्न सकिन्छ ।

यतिबेला सोनम कपूर मात्र नभएर बलिउडका कैयन् हस्ती सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् । अमिताभ बच्चन, आलिया भट्ट लगायत सेल्फ क्वारेनटाइटमा बसिरहेका छन् ।

सोनम पनि निकै नै सचेतना अपनाएर र अरुबाट टाढै बसेर क्वारेनटाइनमा बसिरहेकी छिन् । उनले हालै अर्को एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सोनमले पति आनन्द आहुजासँग खाना खाइरहेकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : १४ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका