काठमाडौं- चीनबाट फर्किएका निवर्तमान राजदूत लीलामणि पौड्याल ‘सेल्फ क्वारेन्टाइन’ बसेका छन् ।
कोरोनाको संक्रमण सवैभन्दा बढी चीनमा देखिएका कारण उनले आफू नेपाल फर्किए लगत्तै सेल्फ क्वारेन्टाइनमा बसेको बताएका हुन् । उनी बुधबार नेपाल फर्किएका थिए । उनले दुई सातासम्म कसैलाई नभेट्ने जनाएका छन् ।
दुई साता क्वारेन्टाइनमा बसेपछि मात्र आफू घरबाट बाहिर निस्कने बताएका छन् । उनले चीन लगायत कोरोना संक्रमित मुलुकबाट फर्केका सबै नागरिकलाई दुई साता सेल्फ क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन् ।
यसअघि सरकारले समेत कोरोना संक्रमित मुलुकबाट आउने नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण हाल विश्वका १ सय ७३ मुलुकमा फैलिएको छ ।
प्रतिक्रिया