कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण नाकामा थप कडाइ गरिने | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण नाकामा थप कडाइ गरिने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘कोभिड–१९’को सङ्क्रमण भित्रिन नदिन सरकारले मुलुकका दक्षिणी नाकामा थप कडाई गर्ने भएको छ ।

उत्तरी नाका भन्दा दक्षिणी नाकाबाट सङ्क्रमण भित्रिन सक्ने खतरा रहेको औँल्याउँदै सरकारले थप कडाइ गर्न थालेको हो ।

सिंहदरबारमा आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले ‘कोभिड–१९’ विरुद्ध लड्न आवश्यक पूर्व तयारी गरिरहेको जानकारी दिँदै त्यसलाई अझै कडाइका साथ कार्यान्वयन गरिने बताए ।

गृहमन्त्री थापाले भन्नुभयो, “अहिलेसम्म मुलुकमा त्यस्तो समस्या छैन, तर विपद् आयो भने कसरी सामना गर्ने भन्ने विषयमा सरकारले कानूनी र संरचनागत व्यवस्था गरिसकेको छ, तीनै तहमा सम्बन्धित कानून र नीति निर्माण गरेर तयारीको काम जारी छ, यसमा अझै कडाईका साथ लाग्नुपर्छ ।”

‘मुलुकमा कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना’को सम्बन्धमा आयोजित उक्त बैठकमा गृहमन्त्री थापाले अहिलेको विशिष्ट परिस्थितिमा ‘कोभिड–१९’ को आक्रमणले संसार भर त्रास फैलिएकाले नेपालमा हुने सम्भावित जोखिमको विश्लेषण गरेर त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिएको बताए ।

उनले योजना निर्माण गरी कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एक्सन कमिटी बनाएर काम थालिएको बताए ।

पूर्वतयारीको सम्बन्धमा सरकारको उच्चस्तरीय समन्वय समितिले विशेष व्यवस्था गरीे काम अघि बढाएको र अवाश्यक सावधानी अपनाउन सार्वजनिक अपिल गरिएको मन्त्री थापाले बैठकमा जानकारी गराए ।

विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को अभिलेख अनुसार विशवका १७३ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ९ हजार बढीको ज्यान गइसकेको छ । दुई लाख बढी प्रभावित भएका छ्न । कतिपय मुलुकले सङ्कटकाल नै घोषणा गरेर नियन्त्रणको काम गर्दै आएको छ ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयनमा आजको बैठक केन्द्रित भएको जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १० : ०० बजे

ऊर्जा उत्पादकले ‘सांसदलाई नेटवर्थबारे थाहै छैन’ भनेपछि…

काठमाडौं – गत शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले

स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार

जुम्लाका आठ हजार बढी छात्रालाई एचपीभी खोप लगाइने 

जुम्ला– जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय

टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से 

काठमाडौं– शेयर लगानीकर्ताले आइतबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बिग्रिएको गुनासो

शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज