वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्न रु १५ करोड अनुदान « Khabarhub

वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्न रु १५ करोड अनुदान


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्न एशियाली विकास बैंक (एडिबी) र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई रु १५ करोड अनुदान उपलव्ध गराउने भएका छन् ।

मुलुकमा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको प्रमुख निकाय उक्त केन्द्रलाई एडिबीले दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) ऊर्जा विस्तार परियोजनाबाट रु सात करोड र ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रममार्फत युएनडिपीले अतिरिक्त वित्तीयलगानीस्वरुप रु आठ करोड प्रदान गर्न लागेका हुन् ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभको उपस्थितिमा आज राजधानीमा भएको एक सङ्क्षिप्त कार्यक्रममा युएनडिपीका आवासीय प्रतिनिधि आएशानी मादागाङ्गोदा लाबे र केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।

परियोजनाअन्तर्गत ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगुलगायत नौ जिल्लामा लघु जलविद्युत् र पाँचथर, मोरङ, ओखलढुङ्गा, सिन्धुली, रोल्पा, सुर्खेत, कैलाली र बैतडीसहित १० जिल्लामा लघु सौर्य ऊर्जा कार्यक्रम सञ्चालित छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १० : १५ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि