कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको कोष स्थापना « Khabarhub

कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको कोष स्थापना


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको जानकारी दिएको हो ।

कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकासा गर्ने बताए ।

‘कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु निर्माण एवं वितरण गर्ने निर्णय भएको छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, प्रचार सामाग्री सहितको हेल्प डेक्सहरु स्थापना तथा संचालन गरिने छ भने महागरपालिका स्थित मठ, मन्दिर, मस्जिद, गुम्वा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न सर्व साधारणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।’

मेयर शाक्यले पत्रकार सम्मेलनमा कोरना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्य प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सै घण्टा हेल्फ डेक्स सञ्चालन गर्ने पनि जानकारी दिए ।

विभिन्न सञ्चारमाध्ययम तथा सामाजिक सन्जालहरु मार्फत कोरना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतना मुलक सन्देशहरु लगातार सम्प्रेषण गर्ने–गराउने, कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्य समन्वयात्मक एवं प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका अन्तर्गत रहेको नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई क्रियाशी बनाउने निर्णय पनि बैठकले गरेको छ ।

‘कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्यको आवश्यक सहयोगको लागि काठमाडौं महानगरपालिको सहकार्यमा संचालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई उच्च सतर्कतामा राखी परिचालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

संघीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न/गराउन सम्वन्धित विभाग/महाशाखा/शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका लागि प्रभावकारी ढंगले परिचालन गर्ने, काठमाडौं महानगरपालिकाभित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत रुपमा पुजा बाहेक अन्य कुनै भिडभाड नगर्ने/नगराउने निर्णय पनि महानगरले गरेको छ ।

पत्रकार सम्मेलनमा इपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले महानगरपालिकासँग सहकार्य गरेर कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न महाशाखा तयार रहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ९ : ०८ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा