कैलालीका क्वारेन्टाइन भरिभराउ | Khabarhub Khabarhub

कैलालीका क्वारेन्टाइन भरिभराउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीका स्थानीय तहले बनाएका क्वारेन्टाइनमा नागरिक भरिभराउ भएका छन् । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेकाले सरकारले अर्को जिल्लाबाट आएका नागरिकलाई पनि क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि स्थानीय तहका क्वारेन्टाइनमा मानिस भरिभराउ भएका हुन् ।

जोशीपुर गाउँपालिकामा आज क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११८ पुगेको छ । गाउँपालिकाले बौनियास्थित रघुनाथ बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइनमा ५६ जना राखिएका छन् ।

बौनियामा नअटेपछि जोशीपुरस्थित मोहन्याल माविमा क्वारेन्टाइन थपिएको छ । त्यहाँ ६२ जना राखिएका छन् । ‘क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११८ पुगेको छ’, जोशीपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष विधिराम चौधरीले भने, ‘यसअघि १४ दिन पूरा भएका स्वास्थ्य परीक्षणपछि ३६ जना घर फर्किसकेका छन् ।’

वडाध्यक्ष चौधरी क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गएकाले गाउँपालिकालाई व्यवस्थापन गर्न अप्ठ्यारो हुने बताउँछन् । उनले भने, ‘अझै मानिस बढेमा थप क्वारेन्टाइन बनाउनुपर्छ ।’

टीकापुर नगरपालिकाको क्वारेन्टाइनमा पनि आज नागरिक थपिएका छन् । टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा ९७ जना पुगेका छन् । टीकापुर नगरपालिकाले मानिस थेग्न नसकेपछि आज कर्णाली मावि सत्तीमा क्वारेन्टाइन स्थापना गरेको छ ।

‘त्यहां १७ जना राखेका छौँ, टीकापुर नगरपालिका घर भई बाहिरी जिल्लामा मजदूरी गर्ने आउनेक्रम जारी रहेकाले अझै थपिने अनुमान छ’, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, ‘नगरपालिकामा थप अर्को विद्यालयमा क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको छ, यति धेरै मानिस भए व्यवस्थापन कसरी गर्ने चिन्ता बढेको छ ।’

जानकी गाउँपालिकाको क्वारेन्टाइनमा समेत नागरिक थपिएका छन् । यसअघि २६ जना रहेको सरस्वती मावि दुर्गौलीको क्वारेन्टाइनमा शनिबार बेलुकासम्म ७० जना पुगेका छन् । स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीका अनुसार गोरखा र काठमाडौँबाट आएका नागरिक थपिएका छन् ।

‘हिजोसम्म २६ जना थिए, एकैदिन ४४ जना थपिए’, स्वास्थ्य शाखा संयोजक चौधरीले भने, ‘जसोतसो ७० जना व्यवस्थापन गरेका छौँ, अझै थपिए थेग्न मुश्किल छ, अर्को ठाउँमा क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको छ ।’

जानकी गाउँपालिकामा यसअघि क्वारेन्टाइन अवधि पूरा गरी १५ जना होम क्वारेन्टाइनमा फर्किसकेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : १८ बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका