चीनविरुद्ध रोकिएन ट्रम्पको आक्रोश, मृतकको संख्या चीनमा नै बढी भएको दावी « Khabarhub

चीनविरुद्ध रोकिएन ट्रम्पको आक्रोश, मृतकको संख्या चीनमा नै बढी भएको दावी


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्धको आक्रोश कायमै राखेका छन् ।

उनले शनिबार पनि पुनः एकपटक कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा नै धेरै मानिसको मृत्यु भएको दावी गरेका छन् ।

ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङमा ट्रम्पले कोरोनाबाट मृत्यु हुने दर युरोपमा भन्दा पनि कम रहेको बताए । युरोपको जर्मनी मात्रै अपवाद रहेको उनको भनाई छ ।

‘बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम छ,’ ट्रम्पले भने, ‘स्पेनको मृत्युदर अमेरिकाको भन्दा चार गुणा बढी छ ।’

कोरोना भाइरसबाट भएको मृत्युमा अमेरिका पहिलो नम्बरमा नभइ चीननै अघि रहेको उनले बताए ।

चीनले कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या लुकाएको निरन्तर आरोप लागिरहँदा ट्रम्पले पनि पटक/पटक चीनमा मृतकको संख्या अहिले सार्वजनिक गरिएको भन्दा धेरै भएको दावी गर्दै आएका छन् ।

गएको शुक्रबार महामारीको उद्गम थलो चीनको वुहानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सच्याइएपछि ट्रम्पले गरेको दावी सत्यनजिक रहेको टिप्पणी समेत हुँदै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ०६ बजे

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने