कोरोना कहर : न्यू जर्सीस्थित नर्सिङ होमको पछाडि लाशको थुप्रो भेटिएपछि | Khabarhub Khabarhub

कोरोना कहर : न्यू जर्सीस्थित नर्सिङ होमको पछाडि लाशको थुप्रो भेटिएपछि


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अहिले सबैभन्दा बढी अमेरिकामा देखिएको छ ।

हालसम्म अमेरिकामा कोरोनाका कारण ३९ हजारले ज्यान गुमाइसकेका छन् भने ७ लाख ३८ हजार बढी संक्रमित छन् । अमेरिकाको न्यूयोर्क सबैभन्दा प्रभावित बनेको छ ।  न्यूयोर्कपछि न्यू जर्सी सबैभन्दा प्रभावित छ ।

अमेरिकाको न्यूयोर्क शहरदेखि ७० किलोकिटर पश्चिम एन्डोभरमा लाशको थुप्रो भेटिएपनि सनसनी फैलिएको छ । अमेरिकी पुलिसले यहाँ १७ लाश बरामद गरेको छ । यी सबैको मृत्यु कोरोनाभाइरसका कारण भएको मानिएको छ । न्यूजर्सी राज्यभित्र पर्ने एन्डोभरको नर्सिङ होमको मुर्दाघरको पछाडि लाशको थुप्रो भेटिएको हो ।

न्यूयोर्क टाइम्सले ताजा घटनाक्रमले कसरी अस्पतालहरु हाउसफुल भइसकेका छन् भन्ने देखाएको उल्लेख गरेको छ ।

गत सोमबार एन्डोभर सुबाक्युट एण्ड रिहेबिलेसन सयुनिटमा यी लाशहरु भेटिएका हुन् । यो न्यू जर्सीको सबैभन्दा ठूलो नर्सिङ होम हो । न्यू जर्सी राज्य कोरानाभाइरसबाट अत्यन्तै प्रभावित मध्ये एक हो ।

अहिलेसम्म यी १७ जनाको मृत्युको कारणबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । न्यूयोर्क टाइम्सका अनुसार यो नर्सिङ होममा विगत केही दिनयता ६८ जनाको मृत्यु भएको थियो । यीमध्ये २६ जनाको मृत्यु कोभिड १९ का कारण भएको थियो । पुलिसले कति लाश भेटियो भन्ने कुराको आधिकारिक पुष्टि गरेको छैन ।

एन्डोभर पुलिसको फेसबुक पेजमा नर्सिङ होमका मालिकहरुमध्ये एक चेम शेइनबामको तर्फबाट भनिएको छ कि मुर्दाघरमा जहाँ सामान्य अवस्थामा ४ लाशहरु हुन्छन् त्यहाँ उनले कहिल्यै १५ भन्दा धेरै लाश देखेका थिएनन् ।

एन्डोभर पुलिस चिफ एरिक डेनियलसनले सिएनएनसँग सम्भवतः नर्सिङ होममा स्टाफ कम भएको र स्टाफमाथि धेरै बोझ भएको हुन सक्ने बताए । न्यूजर्सीका गभर्नर फिल मर्फीले लाशहरु यसरी राख्न अनुमति दिइएको प्रति आक्रोश व्यक्त गरे ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ३३ बजे

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि कर्णालीमा

काठमाडौँ– सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ गतेदेखि

१० प्रतिशत निःशुल्क छात्रवृत्ति दिन निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका निजी

दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको