कोरोनाबारे अफवाह फैलाउने युट्युबर पक्राउ « Khabarhub

कोरोनाबारे अफवाह फैलाउने युट्युबर पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।

लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो ।

सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेषण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : १२ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष