महावीरले स्वास्थ्यकर्मीलाई पीपीईसँगै अब ‘फेस भाइजर’ पनि निःशुल्क दिने  « Khabarhub

महावीरले स्वास्थ्यकर्मीलाई पीपीईसँगै अब ‘फेस भाइजर’ पनि निःशुल्क दिने 


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सक्रियता जनाउँदै आएका छन् ।

उनले कोरोना रोकथामका लागि आफै उत्पादन गरेको पीपीई प्रदान गर्दै आएकोमा अब उनले साथमा ‘फेस भाइजर’ पनि दिने बताएका छन् ।

पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेस भाइजर समेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार केन्द्रले डाक्टरहरु र नर्सहरुको सुरक्षाको लागि PPE को गाउन बाँड्दा तल फोटोमा देखाइए जस्तै मुख छोप्ने कभर अर्थात Visor हरु पनि दिइनेछ।’

यस्तै उनले उक्त फेसियल भाइजर कभरहरु प्रोटेक्ट नेपालले बनाएको बताएका छन्। उनले प्रोटेक्ट नेपालका भाइ बहिनीहरुले थ्रीडी प्रिन्टिङ, इन्जेक्शन मोडलिङ, सीएनसी लेजर लगायत विभिन्‍न मेशिनहरु प्रयोग गरेर बनाएको बताएका छन्। यी सबै काम प्रोटेक्ट नेपालका संयोजक मेकानिलक इन्जिनियर रामचन्द्र थापा र डा. रोशिना थापाले बनाएका हुन।

उनीहरुले आफ्‍नै स्थानीय स्रोत सामग्रीहरुबाट फेसियल भाइजर बनाएर आविष्कार नेपाललाई दिएका छन्। फेसियल भाइजर कसरी बन्छ भन्‍ने बारे उनीहरुले आफूले बनाएको भिडियो समेत पोस्ट गरेका छन्।

यसैबीच उनले राष्ट्रिय आविष्कार केन्द्रले सित्तैमा अस्पतालमा काम गर्ने इन्टर्न, रेसिडेन्ट डाक्टर, नर्सहरुलाई समेत पीपीई प्रदान गर्ने बताएका छन् ।

अस्पतालको प्रशासनले उनीहरुलाई पीपीइ दिएन भनेर अनुरोध गरि रहेका हुँदा उनीहरुलाई पीपीई प्रदान गर्ने फेसबुकमा जानकारी दिएकशा छन् ।

उनले भारततर्फको सीमानामा काम गर्ने स्वास्थ्यकर्मीहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरी जस्ता सुरक्षाकर्मीहरु, केही जिल्लाका सिडिओ लगायतले पनि माग गरेको हुँदा जे जति सकिन्छ प्रदान गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ४९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच