भीडभाड बढेपछि ओखलढुङ्गाका तरकारी बजार पनि बन्द « Khabarhub

भीडभाड बढेपछि ओखलढुङ्गाका तरकारी बजार पनि बन्द


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकाममा लाग्ने नियमित हाटबजार पूर्णरूपमा बन्द गरिएको छ ।

सदरमुकाममा सातामा दुई दिन बुधबार र शनिबार लाग्दै आएको नियमित हाटबजार मानिसको धेरै भीड भएको र यसले कोरोनाको जोखिम बढाउने भन्दै शनिबारदेखि पूर्णरूपमा बन्द गरिएको हो ।

कोरोनाको सङ्क्रमण शुरु भएसँगै सिद्धिचरण नगरपालिकाले तरकारी र खाद्यान्नबाहेकका सामग्री हाटबजारमा किनबेच गर्न रोक लगाएको थियो ।

तरकारी र खाद्यान्नको कारोवारका लागि मात्रै पनि सयौँको सङ्ख्यामा मानिस भीड लाग्न थालेपछि नगरपालिकाले कोरोनाको त्रास नघट्दासम्म बजार लाग्न नदिने निर्णय गरेको नगरप्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बजारसम्म ल्याउने व्यवसायीले तरकारी र खाद्य सामग्री मागअनुसार घरघरमै पुर्‍याएर सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले बताए ।

छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै थप सतर्कताका लागि पनि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : २६ बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष