लकडाउन खुल्नासाथ ‘दुई नम्बरी’ को शूटिङ शुरु हुन्छ: निर्देशक | Khabarhub Khabarhub

लकडाउन खुल्नासाथ ‘दुई नम्बरी’ को शूटिङ शुरु हुन्छ: निर्देशक


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण फिल्म ‘दुई नम्बरी’ को शूटिङ रोकिएको छ । ३५ दिनमा शूटिङ सकेर काठमाडौं फर्किने योजना बनाएको टिम कोरोना प्रभावका कारण बीचैमा राजधानी फर्किएको थियो ।

फिल्मको छायांकन कास्कीको घाचोकमा भइरहेको थियो । यतिबेला भने कलाकारहरु आ–आफनो घरमा होम क्वारेन्टाइनमा बसेका छन् ।

पल शाह, वर्षा राउत, भुटानी नायिका उगेन छोदेन, दयाहाङ राई लगायतका कलाकारको फिल्ममा शीर्ष भूमिका रहनेछ । पल शाहले फिल्मको सेटको एक तस्वीर हालै शेयर गरेका थिए ।

कोरोनाका कारण फिल्मको छायांकन रोकिएको थियो । निर्देशक दीपेन्द्र लामाले लकडाउन खुल्नासाथ फिल्मको छायांकनमा जुट्ने बताए ।

खबरहबको कुराकानीमा उनले भने, ‘लकडाउन खुलेको दुईचार दिनमै हामी छायांकनमा जान्छौं‌ ।’

एक गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्न लागेको यो फिल्ममा पल र दयाहाङले पहिलोपटक एकसाथ साझेदारी गर्दैछन् । यो वर्ष यो वर्ष प्रदर्शन गर्ने तयारी थियो । अब भने फिल्मको रिलिज नै अन्यौलमा परेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ०० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र