खोलामा बगेर २ बालबालिका र १ पुरुष बेपत्ता « Khabarhub

खोलामा बगेर २ बालबालिका र १ पुरुष बेपत्ता


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रथुम तथा कञ्चनपुर जिल्लामा गरी खोलामा बगेर २ जना बालबालिका र १ जना पुरुष बेपत्ता भएका छन् ।

तेह्रथुमको छथर गाउँपालिका–२ बस्ने रेवन्त विकका १० वर्षीया छोरा सरोज विक र १० वर्षकै भान्जी एलिना विक खोलामा बगेर बेपत्ता भएका छन् ।

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–५ स्थित तेलिया खोलाको कानगुदि दोभानमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सरोज र एलिना बेपत्ता भएका हुन् ।

घरदेखि करिब ९ किलोमिटर पर रहेको खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका उनीहरुको प्रहरी चौकी शुक्रबारेबाट गएको टोली र स्थानीयले खोजी गरिरहेका छन् ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सिसैया घर भइ महाकाली नगरपालिका–१ बस्दै आएका ५५ वर्षीय काले दमाइ पनि स्थानीय नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै