खोलामा बगेर २ बालबालिका र १ पुरुष बेपत्ता « Khabarhub

खोलामा बगेर २ बालबालिका र १ पुरुष बेपत्ता


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रथुम तथा कञ्चनपुर जिल्लामा गरी खोलामा बगेर २ जना बालबालिका र १ जना पुरुष बेपत्ता भएका छन् ।

तेह्रथुमको छथर गाउँपालिका–२ बस्ने रेवन्त विकका १० वर्षीया छोरा सरोज विक र १० वर्षकै भान्जी एलिना विक खोलामा बगेर बेपत्ता भएका छन् ।

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–५ स्थित तेलिया खोलाको कानगुदि दोभानमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सरोज र एलिना बेपत्ता भएका हुन् ।

घरदेखि करिब ९ किलोमिटर पर रहेको खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका उनीहरुको प्रहरी चौकी शुक्रबारेबाट गएको टोली र स्थानीयले खोजी गरिरहेका छन् ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सिसैया घर भइ महाकाली नगरपालिका–१ बस्दै आएका ५५ वर्षीय काले दमाइ पनि स्थानीय नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : १५ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण