कि खान देऊ, कि जान देऊ: नाजिर हुसेन « Khabarhub

कि खान देऊ, कि जान देऊ: नाजिर हुसेन


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला सरकारले गरेको लकडाउनका कारण कलाकारहरु होम क्वारेन्टाइनमा छन् । कलाकारहरु फुर्सदमा हुँदा सामाजिक सञ्जालमा सक्रियता बढाएका छन् ।

यसैबीच कलाकार नाजिर हुसेनले सरकारलाई खबरदारी गर्दै एक पोस्ट सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले प्लेकार्ड बोकेको श्यामस्वेत तस्वीर शेयर गर्दै सरकारलाई खबरदारी गरेका हुन् ।

‘सत्ता तपाईंसँगै छ, शक्ति तपाईंसँगै छ, अनि लौरो पनि तपाईंसँगै छ’ नाजिरले प्लेकार्डमार्फत आह्वान गरेका छन्, ‘कि खान देऊ, कि जान देऊ ।’

नाजिरले लकडाउनका कारण अलपत्र परेका मजदुरको पक्षमा आवाज उठाएका छन् । यसअघि नाजिरले कवितामार्फत घर नभएर अलपत्र परेकाको सम्मानमा कविता लेखेका थिए ।

लकडाउनका समयमा नाजिरले कविता लेख्ने तथा पुस्तक पढ्ने गरिरहेका छन् । साथै उनी सामाजिक सञ्जालमा पनि रमाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : ५८ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन