लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइनमार्फत पढाइ शुरु | Khabarhub Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइनमार्फत पढाइ शुरु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आइतबारदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिए ।

विश्वविद्यालयले सबै तह र सङ्कायका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट पढाउन शुरु गरेपछि शिक्षकले समय छुट्याएर कक्षा शुरु गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सूचना शाखाले जनाएको छ । विद्यार्थीलाई आजदेखि दैनिक बिहान ८ देखि १० बजेसम्म कक्षा अनलाइनको माध्यामबाट शुरु गरिएको विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले बताए ।

विश्वविद्यालयले आफ्ना सबै शिक्षक तथा प्राविधिक कर्मचारीलाई ओरिन्टेसन दिएपछि अनलाइन कक्षा सञ्चालन गरिएको बताउँदै क्याम्पस प्रमुख न्यौपानेले विद्यार्थीले घरमै बसेर शिक्षकसँग पढ्न पाउने र प्रश्नसमेत सोध्न सक्ने व्यवस्था मिलाएको जानकारी दिए । विश्वविद्यालयले अनलाइन कक्षा शुरु गरेपछि विद्यार्थीका लागिसमेत सहज भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्का सचिव बिपी गौतमले बताए ।

स्नातक र स्नातकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन सङ्काय, मानविकी तथा समाजशास्त्र सङ्काय र विकास अध्ययन तथा एप्लाइड साइनस सङ्कायको पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका सात वटा सम्बन्ध प्राप्त क्याम्पसमा १ हजार २०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । बौद्ध दर्शन, साहित्य र संस्कृतिका अध्ययन गर्ने उद्देश्यका साथ यो विश्वविद्यालय २०६३ सालमा स्थापना भएको हो ।

यसको केन्द्रीय क्याम्पस लुम्बिनीमा रहेको छ । यस क्याम्पसमा नेपाली तथा विदेशी विद्यार्थीले अध्ययन गर्छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ५६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून