लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइनमार्फत पढाइ शुरु « Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइनमार्फत पढाइ शुरु


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आइतबारदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिए ।

विश्वविद्यालयले सबै तह र सङ्कायका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट पढाउन शुरु गरेपछि शिक्षकले समय छुट्याएर कक्षा शुरु गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सूचना शाखाले जनाएको छ । विद्यार्थीलाई आजदेखि दैनिक बिहान ८ देखि १० बजेसम्म कक्षा अनलाइनको माध्यामबाट शुरु गरिएको विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले बताए ।

विश्वविद्यालयले आफ्ना सबै शिक्षक तथा प्राविधिक कर्मचारीलाई ओरिन्टेसन दिएपछि अनलाइन कक्षा सञ्चालन गरिएको बताउँदै क्याम्पस प्रमुख न्यौपानेले विद्यार्थीले घरमै बसेर शिक्षकसँग पढ्न पाउने र प्रश्नसमेत सोध्न सक्ने व्यवस्था मिलाएको जानकारी दिए । विश्वविद्यालयले अनलाइन कक्षा शुरु गरेपछि विद्यार्थीका लागिसमेत सहज भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्का सचिव बिपी गौतमले बताए ।

स्नातक र स्नातकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन सङ्काय, मानविकी तथा समाजशास्त्र सङ्काय र विकास अध्ययन तथा एप्लाइड साइनस सङ्कायको पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका सात वटा सम्बन्ध प्राप्त क्याम्पसमा १ हजार २०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । बौद्ध दर्शन, साहित्य र संस्कृतिका अध्ययन गर्ने उद्देश्यका साथ यो विश्वविद्यालय २०६३ सालमा स्थापना भएको हो ।

यसको केन्द्रीय क्याम्पस लुम्बिनीमा रहेको छ । यस क्याम्पसमा नेपाली तथा विदेशी विद्यार्थीले अध्ययन गर्छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ५६ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक