नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना « Khabarhub

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटी पीसीआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आइतबारबाट नमूना सङ्कलन गरिएको छ । आरटी पीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो ।

रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौबाट मगाइएको हो । बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परिक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनु पर्ने बाध्यता हटेको छ । सो उपकरणबाट एकदिनमा १०० जनाको नमूना परीक्षण गर्न सकिने डा. थापाको भनाइ छ ।

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शङकास्पद विरामी मध्ये शनिबार थप १४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । यससँगै बाँकेमा शनिबारसम्म भएका सबै परिक्षणमा ४ सय ९६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५ जना बिरामीको वैशाख ३ गते सङ्कलन गरिएको ‘थ्रोट स्वाव’ को नमूना मध्ये शनिबार बेलुकासम्म १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, शनिबार थप ८ जनाको नमूना सङ्कलन गरिएको छ । हालसम्म बाँकेमा पिसिआर बिधिबाट १ सय जनाको परीक्षण गर्दा ९१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

आरडीटी बिधिबाट ४ सय ५ जनाको जाँच गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । बाँकेमा हालसम्म ५ सय ५ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ४ सय ९६ को रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने ९ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : ३१ बजे

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार