इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान « Khabarhub

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।
 
इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा यही मङ्सिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो ।
 
उक्त महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रक्रियाका सम्बन्धमा छलफल हुने प्रहरीले जनाएको छ ।
 
नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवं कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका प्रतिनिधिसँग अन्तर्राष्ट्रिय प्रहरी समन्वय अभिवृद्धिका सम्बन्धमा द्विपक्षीय छलफल गर्नेछ ।
 
शाह नेतृत्वको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा सहभागी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ६ : १९ बजे

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौँ– इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन

उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता

बागमतीलाई हराउँदै महिला क्रिकेटको फाइनलमा एपीएफ, स्वर्णका लागि आर्मीसँग भिड्ने

काठमाडाैँ – दशौँ राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशलाई ४१

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागेका छौँ : श्रममन्त्री

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा