ट्रम्पद्वारा सुरक्षित रुपमा व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम घोषणा « Khabarhub

ट्रम्पद्वारा सुरक्षित रुपमा व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम घोषणा


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केही राज्यले “सुरक्षित, क्रमिक र चरणबद्ध रूपमा” व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम घोषणा गरेको बताएका छन्।

अमेरिकामा कोरोनाभाइरस फैलिन नदिन लगाइएका प्रतिबन्धहरू हटाएर अर्थतन्त्र पुन: सञ्चालन गर्न निर्देशिका जारी गरेपछि उनको यस्तो भनाइ आएको हो।

शनिवार ह्वाइट हाउसमा कोभिड-१९ बारे आयोजित दैनिक ब्रीफिङका क्रममा ट्रम्पले टेक्सस र भर्मन्टले “उपयुक्त सामाजिक दूरीका सावधानीसहित” केही व्यवसायहरू सोमवारबाट पुन: खोल्न दिने बताएका छन्।

उनले फ्लोरिडा राज्यको समुद्री तट पनि पुन: खुल्न लागेको बताए।

ब्रीफिङकै क्रममा उनले भाइरसले आफ्नो उत्कर्ष पार गरेको सङ्केत देखिएको दाबी गरे।

तर स्वास्थ्यविज्ञ र केही राज्यका गभर्नरहरूले भने प्रतिबन्धहरू छिट्टै हटाउँदा त्यसले थुप्रै मानिसहरू सङ्क्रमित हुन सक्ने चेतावनी दिएका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा डेमोक्र्याट पार्टीका गभर्नरहरूले निर्वाह गरेको भूमिकाको आलोचना गरेका छन्।

केही गभर्नरहरू कोरोनाभाइरस रोकथामका लागि लगाइएको प्रतिबन्धप्रति आवश्यकताभन्दा बढी नै तनावमा देखिएको उनले बताए।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : ३५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग